काठमाडौं, २९ असार – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर दधिकोट बस्ने सिन्धुपाल्चोक लिसङ्खु पाखर गाँउपालिका–६ घर भएका ३० वर्षीय सिताराम भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको गत जेठ १० गतेको फैसलाले ५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवनबाट खटिएको प्रहरीले भक्तपुर दधिकोटबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0