काठमाडौं महानगरपालिकाले यो वर्ष पनि नेपाली कांग्रेस र नेकपा एमालेका नेताका नामका संघ संगठनहरुलाई ठूलो अनुदान रकम उपलब्ध गराउने भएको छ । यो वर्ष महानगरपालिकाले करिब ४ करोड रुपैयाँ यस्ता नेताका नाममा खुलेका फाउन्डेसन, ट्रस्ट, प्रतिष्ठानसहितका संघसंस्थालाई अनुदान दिन लागेको हो ।

यस्ता संस्था सम्बन्धित दलका नेता र कार्यकर्ताहरुले चलाइरहेका छन् । महानगरपालिकाले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममा यसरी दिन लागिएको अनुदान सुविधाबारे उल्लेख छ ।कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको नाममा रहेको ‘गणेशमान सिंह फाउन्डेसन’लाई प्रयोजन नखुलाई ५० लाख अनुदान दिने गरी बजेट पास भएको छ । यो फाउन्डेसनको भवनमा फर्निचर राख्न थप ५० लाख बजेट महानगरले नै दिएको छ ।

त्यसैगरी महानगरपालिकाले एमाले नेता मदन भण्डारीको नाममा खुलेको ‘मदन भण्डारी स्पोर्टस् एकेडेमी’लाई ५० लाख बजेट अनुदान विनियोजन भएको छ । एमाले नेता पुष्पलालको नाममा खुलेको ‘पुष्पलाल स्मृति केन्द्र’लाई ५० लाख अनुदान दिइँदैछ ।त्यसैगरी महानगरपालिकाले कांग्रेस नेता वीपी कोइरालाको नाममा खुलेको ‘जननेता वीपी कोइराला स्मृति ट्रष्ट’लाई २ करोड अनुदान उपलब्ध गराउँदैछ । संघीय सरकारले सशर्त पठाएको यो अनुदान रकम महानगरले नै ट्रस्टलाई उपलब्ध गराउनेछ ।कांग्रेस नेतृको नाममा रहेको ‘मंगलादेवी प्रतिष्ठान’को तजबिजीमा खर्च गर्ने गरी ५० लाखको एक सीप प्रवर्द्धन कार्यक्रमका लागि पनि महानगरले बजेट दिएको महानगरका एक अधिकारीले जानकारी दिए ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *