अर्थमन्त्री शर्मासँग सचिव मरासिनी काम गर्न अनिच्छुक : यस्तो छ कारण

२०७९ श्रावण १८, बुधबार ११:३७ गते २०७९ श्रावण १८, बुधबार ११:३७ गते २०७९ श्रावण १८, बुधबार ११:३७ गते

काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको खोजी सुरु भएको छ । केही अनुभवी र सिनियर सचिव भने अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएकाले त्यसका लागि खासै दौडधुप गरेका छैनन् । निजामती क्षेत्रमा अर्थसचिव सबैभन्दा आकर्षकमध्येको पद हो ।

अर्थमन्त्री शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानुनी व्यक्तिलाई संलग्न गराएको आरोप लागेसँगै अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएर बिदामा बसेका थिए । अर्थसचिव मरासिनी अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएपछि सरकारले नयाँ अर्थ सचिवको खोजी गरेको हो ।

अर्थमन्त्री शर्मामाथि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति नै बनाएर छानबिन प्रतिवेदन तयार गर्दा अर्थ मन्त्रालयको सीसीटिभी फुटेमा बजेट सार्वजनिक हुने अघिल्लो दिन गत १४ जेठको राति अन्य व्यक्ति प्रवेश गराइएको नदेखिएपछि शर्माले बहुमतबाट सफाइ पाएका थिए तर सो समितिमा रहेका एमालेका सांसदले भने असहमति जनाउँदै फरक मत राखेका थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *