एकीकृत समाजवादी दोलखा प्रदेश ख, बाट समानुपातिक तर्फ तारा तामाङ सिफारिस

२०७९ भाद्र २६, आईतवार १२:१६ गते २०७९ भाद्र २६, आईतवार १२:१६ गते २०७९ भाद्र २६, आईतवार १२:१६ गते

दोलखा । मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) दोलखा प्रदेश ख,बाट समानुपातिक तर्फ तारा तामाङ सिफारिस भएकी छिन् ।

को हुन तारा तामाङ?

शिक्षण पेशामा लामो आबद्ध रहनु भएको विभिन्न संघ , संस्था र सरकारी / गैरसरकारी तहमा रहेर काम गर्नु भएको , वित्तीय संस्थामा शाखा प्रमुखको रुपमा आफ्नो जिम्मेवारी पूरा गर्नु भएको र हर पल समुदायको हकहितका लागि सदैव तत्पर रहने तारा तामाङ महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल दोलखाकी अध्यक्ष पनि हुन २०७७ साल फाल्गुन ५ गते गौरीशंकर च्छोरोल्पा मिडिया द्वारा ” सामाजिक व्यक्तित्व २०७७” को सम्मान पनि पाउनु भएको छ र कहिले कलम मार्फत कहिले साहित्य , कविता मार्फत सधै समाज परिवर्तनका निम्ति आवाज बुलन्द गर्ने र राजनैतिक , सामाजिक अनुशासन र नयाँ पीढी प्रतिको चिन्तन बोक्ने एक मात्रै दोलखाली चेली कहिले कलम चलाएर व्यक्त गर्नु हुन्छ।

कहिले छलफल बाट कहिले कविता कहिले भाषाण तर उहाँमा दीर्घकालीन सोच, उद्देश्य र शत प्रतिशत कर्म, इमानदारीमा विश्वास राख्ने दक्षिणपन्थी पुजीवादीहरुको अन्त्य गर्ने र असमानताको खाडल पुर्दै सुखद समाजवाद ल्याउने उहाँको उद्देश्य छ “महिलाहरु कसैको नाम र प्रतिष्ठाको आढमा हैन राजनीतिना आफै आफ्नो क्षमताले अगाडि आउनु पर्छ जब सम्म महिलाहरुलाई थाँग्रा दिएर उठाउने हैन दौडिन दिनुहोस आफै उठने आफै चल्ने आफै दौडिने आफ्नो निर्णय आफै गर्नु दिनुहोस, जब सम्म उहाँहरु अघि बढ्नु हुन्न र एकै खालको महिलाहरुले अवसर पाउने हो अरु महिला हरुलाई पनि राजनीति सचेत हुनुपर्छ र गराउनु पर्छ” भन्नू हुन्छ।

उहाँ एक निडर, कुशल , एक असल कम्युनिस्ट नेताको रूपमा स्थापित हुनु भएको छ दोलखाको कम्युनिस्ट महिलाहरु मध्य “कम्युनिस्ट महिला नेता” शीर्षकले सशक्त महिला भनेर चिनिने उहाँ युवा, महिला, बालबालिका , जेष्ठ नागरिक सवैको मनमा बस्न सफल नेकपा एकीकृत समाजवादी दोलखा पार्टी कमिटीको सचिवालय सदस्य, अखिल नेपाल महिला संघ दोलखा समाजवादीको अध्यक्ष , नेकपा एकीकृत तर्फ घटक संगठन नेपाल तामाङ समाज संघको कोषाध्यक्ष सहित रहनु भएको उहाँ यही आउदै गरेको २०७९ मङ्सिर ४ हुन गएको निर्वाचनको लागि प्रदेश ख, दोलखा जिल्ला बाट समानुपातिक तर्फ सिफारिस हुनु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *