क्लिनिङ भिसामा विदेश जान लागेका १५० कामदारलाई कुचो क्लिनिङले दियो तालिम

२०७९ आश्विन ४, मंगलवार १२:२९ गते २०७९ आश्विन ४, मंगलवार १२:२९ गते २०७९ आश्विन ४, मंगलवार १२:२९ गते

काठमाडौँ, ३ असोज । कुचो क्लिनिङ एण्ड ट्रेनिङ सर्भिसेज प्रा. लि. ले ‘क्लिनिङ भिसा’मा विदेश जान लागेका कामदारलाई तालिम दिएको छ । कम्पनीले कैलाश म्यानपावरबाट मलेसिया जान लागेका १५० जना कामदारलाई २ दिने तालिम दिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान नहुँदा ठुलो समस्या भोग्दै आएका छन् । सोही कारण अत्याधुनिक सामग्रीहरूसहित कसरी सफाइ गर्ने भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको कम्पनीका सिइओ सौजन दुलालले जानकारी दिए । तालिम पाएसँगै कामदार खुसी भएका छन् । ‘सरसफाइ सम्बन्धि काम गर्ने कामदारलाई सामान्य ज्ञान नहुँदा पनि एकदमै ठुलो समस्या भोग्दै आएका छन्’ उनले बेल मिडियासँग कुरा गर्दै भने,‘हामीले दिएको तालिमले अब विदेशमा गएर राम्रोसँग सरसफाइ गर्न सक्नुहुने छ ।

हामीले कसरी सरसफाइ गर्ने?, कुन प्रविधिको प्रयोग कहाँ गर्ने?, त्यसले के काम गर्छ ?, कस्ता केमिकल कहाँ प्रयोग गर्ने लगायतका सफाइ सम्बन्धि सबै जानकारी दिएका छौँ ।’ तालिम पाएसँगै उनीहरूले अब विदेशमा गएर सहज रूपमा काम गर्न सक्ने पनि उनको भनाई छ । तालिम ४०÷४० जनाको ग्रुप बनाएर दिइएको थियो । कुचो क्लिनिङले यस अघि पनि सरसफाइ सम्बन्धि पटक पटक तालिम दिँदै आएको थियो । तर यति ठुलो मात्रा तालिम दिएको भने पहिलो पटक हो । कुचो क्लिनिङले लामो समयदेखि विद्यालय, कार्यालय, घर लगायत सबै क्षेत्रको सफाई सम्बन्धि काम गर्दै आएको छ । आगामी दिनमा पनि सरसफाइ सम्बन्धि कसैलाई तालिम चाहिएमा सम्पर्क गर्न सकिने पनि सिइओ दुलाल बताउँछन् । उनीहरूले हाल काठमाडौँ उपत्यकामा मात्र सेवा सुविधा दिइरहेका छन् भने आगामी दिनमा उपत्यका बाहिर पनि शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *