दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा न. ७ मा जन्मेका राम बहादुर सुवेदी ( आर के) दुई दशक लामो पत्रकारिता ,चलचित्र उद्योग ,खेलकुद र सामाजिक सेवाको एक गर्बिलो नाम हो। उनले दोलखाबाट २०५९ सालमा नै दोलखा सन्देश पाक्षिक र चरिकोट टुडे साप्ताहिक जस्ता जनप्रिय पत्रिका प्रकाशन गरेका थिए । हाल काठमाडौंलाई कर्मथलो बनाउँदै राष्ट्रिय पत्रकारिता क्षेत्रमा आफूलाई शसक्त रूपमा उभ्याउदै आएका सुवेदी नेपाल पत्रकार महासंघको सदस्य, राष्ट्रिय चलचित्र पत्रकार संघको अध्यक्ष ,ग्लोबल एक्ट्रेस फ्रेडेसन (विश्व कलाकार महासंघ) को अध्यक्ष , नेपाल इभेन्ट अग्रनाइजेशनको अध्यक्ष र बक्स अफिस इन्टरनेसनल ग्रुपको समेत अध्यक्ष रहेका छन । त्यसैगरी मध्याह्न राष्ट्रिय दैनिक ,बक्स अफिस दैनिक, नेपाल टेलिभिजन , नेपाली टिभी युके लगायतमा सकृय पत्रकारिता गर्दै आएका छन । पत्रकारितासँगै नेपालमा सबैभन्दा प्रभावकारी र धेरै भन्दा धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय इभेन्ट आयोजनाहरु गर्दै आएका छ्न। विश्व मै पहिलो पटक समुन्द्री मुनि ,उडिरहेको हवाइजहाज र विश्वको सर्वोच्च सिखर सगरमाथामा समेत विभिन्न अदभूत रचनात्मक कार्यक्रम आयोजना गरि नेपाललाई विश्व रेकर्ड समेत कायम गर्न सफल भएका छ्न।
पत्रकार सुवेदीले विभिन्न दुर्लभ स्थानहरुमा फिल्म अवार्ड आयोजना गरेर गिनिज बुक अफ द वर्ड रेकर्डमा पनि आफ्नो नाम लेखाइ सकेका छन भने पृथ्वीमा गरे सबै सम्भव हुन्छ भन्ने आत्मविश्वास बोकेर रचनात्मक प्रभावकारी इभेन्ट गरेरै पृथ्वीको परिक्रमा पूरा गर्ने अठोट लिएका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वका रुपमा आफुलाई उभ्याउन सफल राम बाहादुर सुवेदी (आर के)ले दोलखा जिल्लाबाट प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवारी दिएर सबैको आकर्षकको व्यक्तित्व बन्न पुगेका छ्न।
दुःख गरे एक दिन अवश्य लक्ष्यमा पुगिन्छ भन्ने हेक्का राख्ने सुवेदीको विगत निकै नै संघर्षपूर्ण रहेको छ । दुई दसक अघि देखि सडकबाट खरो पत्रकारिता आराम्भ गरि समाजका विकृति विरुद्ध पत्रिका निकाल्ने बाल प्रकाशक तथा सम्पादक हुन् । उनले आफ्नै प्रयासमा दोलखा सन्देश, चरिकोट टुडे, सिनेस्टार, बक्स अफिस जस्ता दर्जनौं नेपाली अंग्रेजी पत्रिकाहरु प्रकाशन गरेका छन् । नेपाल टेलिभिजनमा पनि उनले डेढ दसक भन्दा लामो समय पत्रकारिता गरे । पत्रकारितबाटै कलाकारहरुको देश बिदेशमा गरी ९६७ औ संस्करण मैत्रीपूर्ण फुटबल आयोजना गरि १ हजार संस्करण आफ्नै निजि रंगशाला दोलखा भि.न.पा मकैबारीमा गर्ने तयारीको साथ फिल्म रंगशाला निर्माण कार्य आरम्भ गरेका छ्न। नेपाली चलचित्र इतिहासमा पहिलो पटक राष्ट्रिय दशरथ रंगशाला, पहिलोपटक खाडी मुलुक दुबईमा, पहिलो पटक एसियन मुलुक थाइल्यान्ड र जापानसगै पहिलो पटक युरोपेली मुलुक बेलायतमा नेपाली फिल्म अवार्ड आयोजना गरि नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सुबेदीको अहम भुमिका रहेको छ । संघर्षलाई नै सफलताको सूत्र मान्ने सुवेदी जस्तोसुकै चुनौतीको पनि सहजरुपमा सामना गर्दै अहिले मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दोलखाले जसरी पनि जित्नु पर्छ भन्ने उद्देश्यका साथ लागि परेका छन । पटकपटक गरि ३३ बर्ष दोलखाले हार्यो । अब प्रेमपुर्वक एक पटक मत बदल्नुस मुलुक बदलिन्ने छ , अनि हामी जिल्ला बदल्ने छौ भन्ने मुद्दा बोकेर दोलखाको निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन। संयीता र समानुपातिक खारेज गरौं, दलिय सिन्डिकेट अन्त्य गरौं भन्ने मुल नारासहित प्रतिनिधिसभाका लागि दोलखाबाट उम्मेदवारी दिएका सुवेदीले पृथ्वीकै हिराको टुक्रा रहेको दोलखा जिल्लाका जनतालाई दालभात र रोजगारी केहि दिनु पर्दैन मात्रै दोलखा जिल्लालाई पर्यटन जिल्लाको रूपमा बिकास गरे पुग्ने बताएका छन।
स्वतन्त्रबाट उम्मेदवार दिएका सुवेदीले आफ्नो निर्वाचन चिन्ह टेलिभिजन बोकेर गाउँ गाउँमा पुगि आम जनतालाई एउटा मात्रै ज्युँदो उदाहरण जिल्लाको खरीढुंगा उद्योगबाट जिल्लाले के पायो ? भारतले खर्बौ रुपैयाँ लुट्यो तर दोलखा हेरेको हेरै भयो । गौरीशंकर हिमालको किन दुरुपयोग गरियो ? च्छो रोल्पा ताल फुट्ने हल्ला चलाएर किन जिल्लाको पर्यटन क्षेत्र तहस नहस पारियो ? जिल्लाको अमुल्य जडिबुटी नेताले कहाँ कहाँ पुर्याउछ्न ? जिल्लामा सुनखानी छ, तामाखानी छ, फलाम खानी ,खरी खानी , पेट्रोल खानी लगायत थुप्रै खानी नै खानी छ तर पनि देश किन गरिव छ ? दोलखामा सैलुङ, प्रसिद्ध भगवती कालिन्चोक, भगवान भिमसेन छ्न, दोस्रो दार्जिलिङ चरिकोट छ , युरोपको स्वीजरल्यान्ड जिरी छ तर एउटा गतिलो नेता किन छैन ? भन्ने अनेकौं प्रश्नसँगै उत्तर लिएका जनता माझ सुवेदी आएका छन । त्यस्तै उनले तामाकोसी जलविद्युतमा भएको अर्बौ भ्रष्टाचारको प्रश्न समेत उठाएका छ्न। दोलखाका जनताले पटक पटक गरि ३३ बर्ष धोखा खाए, अब यो पटक भोट एक स्वतन्त्र युवालाई भन्ने नारा सहित जिल्ला दौडाहमा लागेका छन भने उनले यो निर्वाचनमा आफ्नो मत बदल्ने एक होनहार स्वतन्त्र युवालाई (टेलिभिजन) चुनाब चिन्हमा मतदान विजयी गराउन आफ्ना मतदातालाई अनुरोध गरेका छन ।
दाेलखाबाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार राम बहादुर सुवेदी (आर के)काे चुनावी प्रतिबद्धता यस्तो छ ।

(१) जम्बो मन्त्रीमण्डल खारेजी गरि ११ सदस्य मन्त्रीमण्डल मात्रै गठन गर्नुपर्छ ।
(२) सांसद ,मन्त्रीको सम्पुर्ण सुविधा कटौती गर्दै एक जिल्ला एक सांसद बनाउन ।
(३) प्रदेशसँगै समानुपातिक व्यवस्था खारेज गर्दै नेपाललाई अनावश्यक नेता उत्पादन फ्याक्ट्रीबाट देशलाई मुक्त गरी अन्तर्राष्ट्रिय रुपमै सन्देश जानेगरी घोषणा गर्ने।
(४) देशमा दुई वटा पार्टी मात्रै मान्यता र निस्वार्थ भावानाले देशको सेवा गर्छु, राज्यको कुनै सेवा सुबिधा न लिइ कसैलाई हानी नोक्सानी नगरी देशको सेवा गर्छु भन्ने स्वतन्त्र उम्मेदवारलाई सधै बाटो खुल्ला गर्ने।
(५) दोलखा जिल्लाको मात्रै होइन देशभर बगेर खेर गएको पृथ्वीकै सफा पिउने पानी विश्व बजारमा बिक्री गरेर धर्म र अर्थ मनग्ये कमाउने। पर्यटन र पानी बेचेरै देशलाई समृद्धि बनाउने ।
(६) हाम्रो देशमा हिमाल ,पहाड र तराईको संरचना भएकोले नेपाललाई बुटिक र पर्यटनको गन्तव्यको शान्त देश बनाउने ।
(७) राज्यले आफ्नो नागरिकको सुरक्षा ,शिक्षा ,स्वास्थ ,खानेपानी नि:शुल्क १००% गर्नुपर्ने छ । यसलाई कार्यान्वयनमा जाेड दिने।
(८) हाम्रो देश कृषिप्रधान देश भएकोले एक बित्ता जमिन पनि बाँझाे राख्न नपाइने व्यवस्था गर्ने र हरेक घरको आंगनमा एउटा रुख अनिवार्यरूपमा रोप्नु पर्ने छ भने घर निर्माणको संरचना एउटै डिजाइनको हुनुपर्नेछ ।
(९)हरेक नागरिकले सैनिक तालिम अनिवार्य लिनुपर्ने छ। पुलिस आर्मी सबै सुरक्षाकर्मीलाई राष्ट्रिय श्रममा लगाउने ।
(१०) बावु- आमा न पाल्ल्ने सन्तानलाइ पैत्रिक सम्पत्तिबाट बन्चित गर्नुपर्ने छ।
(११) हरेक राजमार्ग ६ लेन बनाउनु पर्ने छ। पहाडी भेगमा घोडे बाटो ,पैदल मार्ग, केबुलकार निर्माण गरि आवातजावत सहज गर्ने। निर्माणको हरेक संरचना राज्य आफैले गर्ने निजि ठेकेदारलाई देश निर्माणको जिम्मेवारी नदिने।
(१२) काठमाडौंमा रहेकाे राजधानीलाई अन्य उपयुुक्त स्थानमा सार्ने रहरेक जिल्लाको सदरमुकामलाई राजधानी सरहको बिकास गरेर रातभर बजार खुल्ला गर्ने। मनोरञ्जनको सम्पुर्ण गतिविधिहरु फराकिलो पार्ने।
(१३) हरेक जिल्लामा अन्तर्राष्ट्रिय रंगशाला ,फिल्म हल,फिल्म स्टुडियो,कबडहल अनिवार्य रूपमा निर्माण गर्ने र १० बर्षमा पनि विश्व कपमा न पुगे सबै खेलकुद गतिविधिमा कडाई गर्नुपर्छ ।
(१४) बिदेशी भाषाको चलचित्र चलाउने तर नेपालीमा डब अनिवार्य हुनुपर्ने । नेपाली चलचित्र पनि बिदेशी बजारमा सहजरूपमा चल्ने वातवरण बनाउने।
(१५) नेपाली चलचित्रलाई वर्गीकरण गरि उद्योगमा विकास गरि बैंकले लगानी गर्न सक्ने वातवरण बनाउने ।
(१६) राष्ट्रियता प्रती आचँ आउने सञ्चारमाध्यमको गतिविधिमा कडा प्रतिबन्ध लगाउने। देश र जनता विराेधी प्रसारणको पुर्ण रोक लगाउन्ने ।
(१७) १ बर्ष देखि ७ वर्षको बालबालिका र ६५ वर्ष देखिका बृद्धा नागरिकहरूकाे सम्पुर्ण पालनपोषण राज्यले गर्नुपर्ने छ।
(१८) नेपालको सिमाना बार लगाउनु पर्छ । भिसामा कडाइ गर्नुपर्ने छ। स्वर्गको देश नेपाल भ्रमणको भिसा शुल्क पनि भारी शुल्क निधारण गर्नुपर्छ ।
(१९) राज्यको नियम पालना नगर्नेलाई दण्डितसगै कडा जरिवाना तिराउने । देशका कैदीहरुलाइ जेलमा सुताएर पाल्ने होइन दैनिक १२ घन्टा राष्ट्रिय श्रममा लगाउने।
( २०) प्रतिबद्धता र कर्तव्य पूरा नगर्ने नेता र राष्ट्रसेवकहरुलाई सर्वस्व हरण गरि आजिवन राष्ट्रिय श्रमदान गराउने…बाँकी जितेपछि ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *