श्रमसहचारीले नै गर्छन् मेनपावरको मार्केटिङ, राजदूत बने मुखदर्शक

२०७९ कार्तिक १८, शुक्रबार १७:४२ गते २०७९ कार्तिक १८, शुक्रबार १७:४२ गते २०७९ कार्तिक १८, शुक्रबार १७:४२ गते

मलेसिया — मलेसियाका लागि नेपाली दूतावासमा कार्यरत श्रमसल्लाहकार दीपक ढकाल र श्रमसहचारी प्रकाश पन्थीले मेनपावर कम्पनीको मार्केटिङमा लागेको रहस्य खुलेको छ।

दुतावास स्रोतका अनुसार श्रमसहचारी ढकाल र पन्थी पदीय जिम्मेवारी बिर्सेर नेपाली मेनपावर कम्पनीको प्रचारप्रसार गर्दैआएका छन्।
म्यानपावर कम्पनीले विभिन्न रोजगारदाता कम्पनीबाट ल्याएको डिमाण्ड प्रमाणीकरणमा ढिलासुस्ती गर्दैआएका छन्। उनीहरूले नेपालमा रहेका केही म्यानपावर कम्पनी र मलेसियामै रहेका व्यवसायीसँग मिलेर उक्त अवैध धन्दा चलाउँदै आएको दुतावास स्रोतको दाबी छ।
ढकाल र पन्थीले प्रमाणीकरणका लागी दूतावास पुगेका अन्य कम्पनी तथा एजेण्टलाई घुमाउँदै—फिराउँदै आफ्नो गिरोहसम्म पु¥याउँछन्। पैसा लिन्छन्। अनि मात्रै काम गरिदिन्छन्। आफू संलग्न गिरोहमार्फत् नआएका फाइल उनीहरू खोल्दैनन्। सीधै दूतावास पुगेका फाइलमाथि अनेकौँ बहाना बनाए अड्काउने गरेको दूतावासमा कार्यरत एक कर्मचारीले जनाएका छन्।

श्रमसहचारी ढकाल र पन्थीको रबैया देखेर तल्ललो तहका कर्मचारी आजित बनेका छन्। फाइल बोकेर दूतावास आएका मानिसहरूलाई आफ्नो गिरोह भेट्न पठाउँछन्, ‘ढकाल—पन्थी’। गिरोहमार्फत् आर्थिक असुली गरेपछि मात्रै पास गर्ने गरेको दूतावासका एक अधिकारीले बताएका छन्। ‘दूतावास दलालहरूको चंगुलमा फसेको छ। मलेसियाको कुरा गरी साध्यै छैन। दूतावास श्रमसहचारी दीपक र प्रकाश सरले एउटा गिरोह खडा गरेका छन्,’ ती अधिकारीले भने।
घुमाइ—फिराइ दलालसम्म पु¥याएर ढकाल र पन्थीले रकम उठाउने गरेको एक व्यवसायीको गुनासो छ।
‘दूतावासभित्र श्रमसुहचारी बनेर दलाल छिरेजस्तो छ। दीपक ढका र प्रकाश पन्थीको आंतक छ। उनीहरूको कर्तुत महामहिमज्यूलाई पनि थाहा भैसक्यो तर उहाँ पनि चुप हुनुहुन्छ,’ ती व्यवसायी भने।

दूतावासमा पुगेका फाइललाई अध्ययन गरी दुई साताभित्र अनलाइन गरिन्छ। तर श्रमसल्लाहकार र श्रमसहचारीले पैसा दिएका फाइल भोलीपल्टै अनलाइन गर्ने गरेका छन्। त्यत्ति मात्रै होइन उनीहरूले नेपालका केही म्यानपावरको खुलेरै मार्केटिङ गर्ने गरेका छन्।
‘इमान्दार कम्पनी सबै कागज बोकेर आउनुहुन्छ। उहाँहरूलाई यो पुगेन र त्यो पुगेन भनेर होल्डमा राखिन्छ। अनि आफ्नो गिरोहमा पुगेपछि मात्र काम गराईन्छ,’ दूतावासका अर्का एक कर्मचारीले भने। लामो समयपछि मलेसियाको रोजगारी खुलेपछि ढकाल र पन्थीलाई रकम उठाउन भ्याइ–नभ्याइ छ। उनीहरूले आफ्नो धन्दा कायम राख्न अनेकौँ जालझेल समेत गर्ने गरेको तथ्य बाहिरएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *