ग्राण्डीको भ्यालेन्टाइन डे अफर : जोडीलाई रु १५ हजार ५०० मै स्वास्थ्यपरिक्षण

२०७९ माघ २३, सोमबार १२:४० गते २०७९ माघ २३, सोमबार १२:४० गते २०७९ माघ २३, सोमबार १२:४० गते

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले प्रणय दिवस (भ्यालेन्टाइन डे) का अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ ।

निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था ग्राण्डीले आगामी फेब्रुवरी २५ अर्थात् भ्यालेन्टाइन डेको अवसर पारेर क्यूपिड प्याकेजअन्तर्गत एक जोडीलाई रु १५ हजार ५०० मै स्वास्थ्य परिक्षणको अफर सार्वजनिक गरेको हो ।

अस्पतालकी उपमहाप्रबन्धक अर्चना प्रधानले रु १५ हजार ५०० मा एक जोडीलाई ब्लड सुगर जाँच, सिबिसी, लिपिड प्रोफाइल, थाइराइड जाँच, सोडियम, पोटासियम क्रेटिनाइन, एसजीपीटी, एसजीओटी, युरिक एसिड, पिसाब, छातिको जाँच, इसिजी, ईको, टिएमटि, विएमडी, भिटामीन डि, मेमोग्राफी, डक्टर कन्सल्टेन्टलगायतका सेवा उपलब्ध गरिने जानकारी दिनुभयो ।

ग्राण्डीले उक्त अफर फेब्रुबरी १४ देखि ३० तारिखसम्म सञ्चालन गर्ने जनाएको छ । उक्त अफरमा सहभागी हुने जोडीलाई अन्य प्याकेजमा १० प्रतिशत सहुलियत दिने सो अस्पतालले जनाएको छ । ग्राण्डीले भ्यालेन्टाईन डे अफरमा भाग लिन चाहने जोडीलाई फ्रेबुबरी १ देखि बुकिङ खुला गरिसकेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *