काठमाडौमा सात करोड लगानीमा खुल्यो ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्ट

२०७९ फाल्गुन १, सोमबार २२:१३ गते २०७९ फाल्गुन १, सोमबार २२:१३ गते २०७९ फाल्गुन १, सोमबार २२:१३ गते

काठमाडौको कालोपुलमा अत्याधुनिक सुविधा भएको ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्ट संचालनमा आएको छ ।

अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको पाँच वटा सुपर डिलक्स रूम सहितको “ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्ट ” स्वेदेशी तथा विदेशी खानाका पारखी पाहुनाहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको छ ।

विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका गुल्मीका दुई युवा यज्ञलाल भण्डारी र चेतन अर्यालको लगभग ७ करोडौं लगानीमा ओम तन्दुरी संचालनमा ल्याईएको हो।

नेपाली,चाइनिज,कन्टिनेन्टल,इन्डियन खानाका साथै बेकरीका भिन्नभिन्न परिकार,औषधिको गुण रहेको राजा च्याउ अर्थात किङ्ग ओइस्टरका बिशेश परिकार,पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय खानाका पारखीहरुका लागिसस्तो मूल्यमा उत्कृष्ट खाना र पेयहरू उपलब्ध गराउने लक्ष्य सहितको (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट संचालनमा ल्याईएको हो।

घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी‘टेकअफ’(प्याकिङ फुड लिने) सुविधा रहेको यस ओम तन्दुरी मनोरम शान्त बाताबरणमा फेमिलीको लागि बस्ने छुट्टाछुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था रहेको छ । ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्टमा ,पारिवारिक भेटघाट,बर्थडे,गुन्यु चोली,बिभिन्न किसिमको मिटिङ,सभा लाइभ बारबेक्यू पार्टी लगाएतको अन्य शुभकार्य गर्न सकिन्छ ।

ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्टले प्रत्यक्ष रुपमा ५५ जनालाई रोजगारी प्रदान गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *