काठमाडौ । गायिका प्रेमा शेर्पा चटौतको नयाँ गीत “नागको मणि”को म्युजिक भिडियो सार्वजनिक भएको छ । कपिल कार्कीको निर्देशक रहेको उक्त गीतलाई प्रेमा शेर्पा चटौतको आधिकारिक युट्यूब च्यानल मार्फत मंगलबार बौद्धको 3D रेस्टुरेन्टमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
गीतकार प्रदिप प्रखर पोखरेलको संगीत रहेको गीतमा लोकप्रिय गायक राज कुमार बगर र गायिका प्रेमा शेर्पा चटौतको स्वर रहेको छ। गीतको भिडियोमा मोडलद्वय सुधीर श्रेष्ठ र कविता न्याैपानेले अभिनय गरेका छन् ।
त्रिबेणी डिजिटल स्टुडियो रेकर्डिङ भएको उक्त गीतको भिडियोमा व्यवस्थापन राजु कार्की,कोरियोग्राफर सन्देश रिमाल,सम्पादन अनिल कुमार मगर,कलानिर्देशक आशिष थापा,क्यामेरा बालकुमार मगरको रहेको छ।
हेर्नुस् भिडियो –
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0