विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई गर्दै (सूचनासहित)

२०७९ चैत्र १०, शुक्रबार २२:१० गते २०७९ चैत्र १०, शुक्रबार २२:१० गते २०७९ चैत्र १०, शुक्रबार २२:१० गते

काठमाडौं। विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई गर्ने भएको छ। प्रधिकरणले बुधबार विद्युत विकास विभागको सभाहलमा सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

सार्वजनिक सुनुवाईमा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, स्थानीय तहका प्रतिनिधि, तथा सरोकारवालाहरुलाई सो कार्यक्रमा सहभागी हुन आयाेगले आह्वान समेत गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले यस आयोग समक्ष एस सी पावर कम्पनि प्रा.लिद्वारा प्रबद्र्धित तिला गुफा गाउँपालिका, महाबु गाउँपालिका र खाडाचक्र नगरपालिका, कालीकोट, कर्णाली प्रदेशमा अवस्थित (क) तिला १ जलविद्युत आयोजना (२९८.७५ मे.वा) र (ख) तिला २ जलविद्युत आयोजना (२९६.७४ मे.वा) (ग) जगदुल्ला हाईड्रोपावर कम्पनि लिद्वारा प्रबद्र्धित जगदुल्ला र मुड्केखोला गाउँपालिका डोल्पा जिल्ला कर्णाली प्रदेशमा अवस्थित जगदुल्ला अर्थजलाशययुक्त जविद्युत आयोजना (१०६ मे.वा) बाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेश भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गर्न लागेको हो ।

आयोगले विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई नियमन गर्ने नियमनकारी निकायको रूपमा काम गर्दै आएकाे छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *