बुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाई

२०७९ चैत्र १०, शुक्रबार २२:१२ गते २०७९ चैत्र १०, शुक्रबार २२:१२ गते २०७९ चैत्र १०, शुक्रबार २२:१२ गते

काठमाडौं । बुढीगण्डकी क र ख जलविद्युत आयोजनाले सार्वजनकि सुनुवाई गरेकाे छ । गाेरखाकाे आरूघाट गाउँपालिका-२, मा निर्माण हुन लागेकाे जलविद्युत आयोजनाले काठमाडाैंमा सार्वजनिक सुनवाई गरेकाे हाे ।

१०३.४ बुढीगण्डकी ‘क’ र २२६ मेघावाटको जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद मुल्य निर्धारण गर्ने सम्बन्धमा सार्वजनिक गरिएको छ ।

सरोकारवालाबाट राय सुझाव एवम् सल्लाह संकलन गर्ने उदेश्यका साथ विद्युत नियमन आयोगद्वारा आयोजित सुनुवाई कार्यक्रममा आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले सार्वजनिक सुनुवाईका क्रममा उठेका र निवेदन मार्फत प्रबद्र्धक कंपनीका विषयमा परेका उजुरीका विषयमा जवाफ दिएका थिए ।

प्रवद्र्धक कम्पनीले चीनको दोस्रो ठुलो उर्जा उत्पादक कम्पनी संबद्ध रहेको दाबी प्रस्तुत गर्दै रकम भुक्तानी सम्बन्धमा उठाईएका सवाललाई सहजै संबोधन गर्नुपर्नेमा त्यसो हुन नसकेको बताएका थिए ।

उनले प्रवद्र्धक कम्पनी नौलो नेपाल हाईडो पवर कम्पनीलाई शुभकामना दिदै विवादमा नपरि, स्थानीयलाई असर नपर्ने निर्माणकाे काम गर्नसमेत सुझाव दिए ।

आयोगका सचिव गोकर्ण राज पन्थले गण्डकी ’क’ र ’ख’को लागि प्रबर्धक कम्पनीलाई स्विकृति दिने प्रयोजनका लागि सार्वजनिक सुनुवाई गरिएको जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका निर्देशक प्रबल अधिकारीले आयोजनाले ५ देखी साढे पाँच घण्टा भित्र पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने भएकाले आयोजना महत्वपूर्ण रहेको बताउँदै प्रबद्र्धकले कहिलेसम्म सम्पन्न गर्ने हो भन्ने विषय मुख्य सरोकार रहने बताए ।

प्रबद्र्धक कम्पनीका तर्फबाट आयोजनाको संभाव्यता एवं हालसम्मको प्रगती विवरण, लगानीको स्रोत व्यवस्थापन, वातावरणिय प्रभावमा केन्द्रित रहेर कार्य पत्र प्रस्तुत गरिएको थियो ।

प्रबद्र्धक कंपनीमा ९४.४ प्रतिशत चिनियाँ र ५.६ प्रतिशत स्थानीय लगानी रहेको जानकारी दिदै समयमै आयोजना सम्पन्न गर्न कम्पनी सक्षम रहेको बताए ।

बुढीगण्डकी ‘क’ र बुढीगण्डकी ‘ख’ निर्माणमा करिब ८८ अर्ब ३१ करोडमा निर्माण हुन लागेकाे हाे ।

वर्षायाममा प्रतियुनिट ४ र सुख्खायाममा पिकिङ अवधिका लागि प्रतियुनिट १०.५५ र नन-पिकिङ अवधिका लागि प्रतियुनिट ८.४० रुपैयाँ आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद-बिक्रीदर तोकेको छ।

आयोजनाबाट कुल प्रतिघण्टा ५४१.३७ गिगावाट बिजुली उत्पादन हुनेछ। यसबाट वर्षायाममा प्रतिघण्टा १७ करोड ६ लाख किलोवाट र सुक्खायाममा प्रतिघण्टा ३६ करोड ७ लाख किलोवाट बिजुली उत्पादन गर्नेछ। उक्त आयोजना निर्माणका लागि कम्पनीले ३१ अर्ब ३२ करोड १ लाख रुपैयाँ लागत खर्च हुने अनुमान छ।

कम्पनीले बुढीगण्डकी ‘ख’ जलविद्युत आयोजनाबाट २२६ मेगावाट बिलुजी उत्पादन गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणबाट आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद-बिक्री दर पनि तोकेको छ। जसमा उक्त आयोजनाबाट उत्पादन हुने बिजुलीको खरिद तथा बिक्री मूल्य बुढीगण्डकी ‘क’को बराबर नै तोकेको छ।

आयोजनाबाट प्रतिघण्टा १,२१४.१२ गिगावाट बिजुली उत्पादन हुनेछ। त्यस्तै, आयोजनाबाट वर्षायाममा प्रतिघण्टा ३७ करोड ७३ लाख किलोवाट, सुक्खायाममा प्रतिघण्टा ८३ करोड ६६ लाख किलोवाट बिजुली उत्पादन हुनेछ। आयोजना निर्माणका लागि कम्पनीले ५६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *