प्रस्तोता एवम् निर्देशक सरोज ओझासहित ७ नेपाली मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड बाट सम्मानित

२०८० जेष्ठ ३०, मंगलवार १७:३३ गते २०८० जेष्ठ ३०, मंगलवार १७:३३ गते २०८० जेष्ठ ३०, मंगलवार १७:३३ गते

काठमाडौँ प्रस्तोता एवम् निर्देशक सरोज ओझासहितटेलिभिजन कार्यक्रम सात नेपाली युवा भारतको मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’ बाट सम्मानित भएका छन् । अवार्डको विदेशी विधाअन्तर्गत सम्मानित हुनेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’ का प्रस्तोता एवम् निर्देशक सरोज ओझा, कलाकार नितु कोइराला, गायक विनोद ढकाल, श्रष्टा एवम् अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, इभेन्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद देवकोटा रहनु भएको छ।

मुम्बईमा आयोजित कार्यक्रममा अभिनेत्री श्वेता तिवारी, अभिनेत्री एवम् मोडेल रानी रे, मोडेल रितु शर्मा, फेसन डिजाईनर रागिनी के सिंह, मोनिका भादोरिया, सामाजिक अभियन्ता बेलिन्दा पेरेरा, अशोकप्रसाद अभिशेक, आदित्य खुराना, रमादिप कौर, हितेन तेजवानी, मान्या सिंह, निहारिका राजदान, मदल्सा शर्मा, लिजा सिंह, ट्विन्कल वशिष्ठलाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड सेरोमनी फिल्मोरा मिडियाले आयोजना गरेको हो ।

आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई नेपालका तर्फबाट नेपाल र भारतको झण्डा अंकित मायाको चिनो उपहार स्वरुप प्रदान गरिएको थियो । सिंहले दादा साहेब फाल्के टेलिभिजन अवार्डको आगामी संस्करण नेपालमा आयोजना गर्न सकिनेबारे आफू विमर्शमा रहेको बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *