तिब्रगतिमा फैलिरहेको डेंगी रोगको माहामारीलाई मध्यनजर गरी नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले पुरुषोत्तम मास मेला परिसरमा लामखुट्टे लगायत अन्य घातक जिवाणु नष्ट गर्न औषधि (धुवा) हालेकाे छ।
धार्मिक पर्यटकीय क्षेत्र चन्द्रागिरी ९ मच्छेनारायणमा लाग्ने मेलामा समितिले औषधि छर्केको हो । डेंगी संक्रमण फैलन सक्ने संभावनालाई कम गर्न समितिले पानी जम्ने, ओसिलो र लामखुट्टे हुनसक्ने संम्भावित ठाउँमा औषधि छर्केको हो ।
‘समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै हामीले यो कार्यक्रम गरेको हो ।’ समितिका सदस्य अरबिन रूपाखेतिले भने, – ‘आगामी दिनमा पनि यस्ता विभिन्न कार्यक्रम गर्नेछौं ।’
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0