हास्य अभिनेता आदर्श मिश्रको ‘एकादेशको शहर’ गीत सार्वजनिक

२०८० भाद्र २६, मंगलवार १६:०८ गते २०८० भाद्र २६, मंगलवार १६:०८ गते २०८० भाद्र २६, मंगलवार १६:०८ गते

काठमाडौं । नेपाली संगीत क्षेत्रमा नयाँ नयाँ गीत आउने क्रममा सुरज महर्जनको बिल्कुलै नयाँ गीत ‘एकादेशको शहर’ बजारमा आएको छ। फरक बिषयबस्तुलाई टपक्क टिपेर कमेडी गरि लाखौं दर्शक श्रोताको मन जितिसकेका आदर्श मिश्रको मुख्य अभिनय रहेको उक्त गीत सुरज महर्जनको सुमधुर स्वरमा सजिएको छ भने शब्द रचना र निर्देशन समेत उहाँकै रहेको छ। संयुक्ता महर्जनको निर्माण र राकेल मानन्धरको सहायक निर्देशन रहेको उक्त गीतलाई विकास केसीले छायांकन तथा सम्पादन गरेका छन् । आदर्श मिश्र, महेन्द्र (मैन), निरज श्रेष्ठ र अर्चना श्रेष्ठको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा हालको अवस्थामा जस्तोसुकै वर्गका व्यक्ति अन्तिममा आफ्नो भविष्य खोज्दै विदेशी भूमिमा पुग्नु परेको र तीनै विदेशीएका व्यक्तिले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको दृश्य देख्न सकिन्छ। हामी प्रत्येकले हामी भित्र एउटा शहरको कल्पना गरेका हुन्छौँ, तर यो थाहा हुदैन कि त्यसको स्थान कहाँ छ । जीवनको यात्राले जता जता डोहोर्याउछ तेतै तेतै तिर लम्केर भेटिएला कि त्यो ‘एकादेशको शहर’ ! यी र यस्तै भावमा आधारित रहेको उक्त गीतको भिडियो surajmaharjan यूट्यूब  च्यानलमा हेर्न सकिन्छ । भिडियो हेर्नको लागी:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *