समाजमा हुने विकृति अन्त्यका लागि सामुदायिक सेवा केन्द्रले काम गरिरहेको छ : अध्यक्ष न्यौपाने

२०८० आश्विन ६, शनिबार २१:०२ गते २०८० आश्विन ६, शनिबार २१:०२ गते २०८० आश्विन ६, शनिबार २१:०२ गते

काठमाडौँ । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले समाजमा हुने विकृति अन्त्यका लागि सामुदायिक सेवा केन्द्र टुँडालदेवीले महत्वपूर्ण काम गरिरहेको बताउनुभएको छ ।

सो केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवी लगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताउनुभयो ।

उहाँले चाडपर्वको समयमा हुने चोरी, लुटपाटका घटना कम गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टुँडालदेवीको विकासका लागिसमेत सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको उहाँको भनाइ थियो ।

विसं २०५९ मा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौँ महानगरपालिका–४ मा हुने विकृति तथा विसङ्गति अन्त्यका लागि विभिन्न सामाजिक काम गर्दै आएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दिपक थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममाजिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्री, काठमाडौँ महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जन, नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक अमरसिंह शाह विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पूर्वसचिव, नेपाली सेनाका पूर्वअधिकृत, नेपाल प्रहरीका पूर्व अधिकृत लगायतको सहभागिता थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *