नेपाल डेरी एसोसिएसनले आइतवार रजत जयन्ती एवम् वार्षिक साधारणसभा गर्ने

२०८० माघ ६, शनिबार २०:५२ गते २०८० माघ ६, शनिबार २०:५२ गते २०८० माघ ६, शनिबार २०:५२ गते

काठमाडौँ। नेपाल डेरी एसोसिएसनले आइतवार रजत जयन्ती एवम् वार्षिक साधारणसभा गर्ने भएको छ।

काठमाडौँ लैनचौरस्थित मल्ल होटेलमा कृषि तथा पशुपन्छी सचिव रेवती रमण पौडेलको प्रमुख आतिथ्यमा रजत जयन्ती मनाउन सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष प्रह्लाद दाहालले बताए।

एसोसिएसनले कार्यक्रममा उपस्थित सबै अतिथीहरुलाई ठेकी र घ्यु मायाको चिनोको रुपमा प्रदान गर्ने भएको छ। आफ्ना हरेक कार्यक्रममा दुध तथा दुग्ध पदार्थ मायाको चिनोको रुपमा प्रदान गर्दै आएको छ।

रजत जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रिय सम्मान, पूर्व अध्यक्षहरुलाई सम्मान, उत्कृष्ट प्रदेश सम्मान, डेरी उद्योग तथा पत्रकार सम्मानित गर्ने कार्यक्रम रहेको छ । बालबालिकालाई दुध सेवन गराई उद्घाटन गरिने कार्यक्रम मात्र १ घण्टामा सम्पन्न गरिने भएको छ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकाल, अतिथिहरुमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद, पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्य, कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेत, कृषि मन्त्रालयका सहसचिव डा. सुर्य पौडेल लगायत कृषि क्षेत्रका सरोकारवालाको उपस्थिति रहने एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *