सामाजिक अभियान्ता रामप्रसाद न्याैपाने सम्मानित

२०८० फाल्गुन २४, बिहीबार २१:२५ गते २०८० फाल्गुन २४, बिहीबार २१:२५ गते २०८० फाल्गुन २४, बिहीबार २१:२५ गते

काठमाडौ । राजनीतिज्ञ सामाजिक अभियान्ता तथा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ का ईकाई सभापति रामप्रसाद न्याैपाने सम्मानित भएका छन । बुधबार फोकस नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भव्य समारोहका बीच न्याैपानेलाई सम्मान गर्नु भएको हो। राजनीतिक एवम् सामाजिक चेतका धनी न्याैपाने देशलाई आमुल परिवर्तन गर्ने दिशामा कटिबद्ध भई समाज रुपान्तरण र समाजिक पुँजी निर्माणको कार्यमा लामो समयदेखि सक्रिय रुपमा भूमिका निर्वाह गर्दै समाजिक जनचेतनामूलक कार्यहरु, धर्म संस्कृति र रितिरिवाजको जगेर्ना, प्राकृतिक विपत्ती तथा प्रकोपहरुमा मानवीय सहायता गर्दै बिगत लामो समयदेखि सामुदायिक सेवा केन्द्रमा आवद्व रहेर समाजमा शान्ति सुरक्षा कायम गर्ने लगाएतको महत्त्वपूर्ण योगदान स्वरुप न्याैपानेको कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो । फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *