तामाङ गीतको म्युजिक भिडियो सार्वजानिक कार्यक्रम: मोडल रायमाझी,प्रमुख अतिथि भुजेल

२०८१ असार १, शनिबार १२:३१ गते २०८१ असार १, शनिबार १२:३१ गते २०८१ असार १, शनिबार १२:३१ गते

काठमाडौं । तामाङ चलचित्र जगतका महानायक भनेर परिचय बनाएका डम्फु सुपरस्टार मिडियाका सन्चालक अमिर कुमार लामाले सन्चालन गरेको डम्फु सुपरस्टार मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको “बौद्ध नयाँबस्ति”बोलको म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा एउटा गजबको संयोग जुरेको देखिएको थियो ।
पुर्ण रुपमा तामाङ भाषामा रहेको गीतको म्युजिक भिडियोमा मोडलको रुपमा पछिल्लो समय अत्यन्तै व्यस्त रहेकी मोडल तथा डान्सर एलिना रायमाझी लाई देख्न सकिन्छ भने म्युजिक भिडियो सार्वजानिक कार्यक्रमको प्रमुख अतिथिमा चर्चित झाँक्री प्रकाश भुजेल रहेका थिए ।
अक्सर तामाङ समुदाय बाट निर्माण गरिएको गीतहरुमा गैह्र तामाङलाई अभिनय गराउने र कार्यक्रमहरुमा गैह्र तामाङलाई प्रमुख अतिथि बनाउने गरेको बिरलै पाईन्छ । तर आजको संयोगले भने यो परम्परालाई तोडेको देखिएको थियो ।
पुर्ण रुपमा मनोरन्जन दिने उदेश्यले मात्र निमार्ण गरिएको यो गीत तथा म्युजिक भिडियोले तामाङ जातीको धर्म र संस्कृतिलाई नछोईकन भाषाको मात्र प्रयोग गरेर मनोरन्जन दिन खोजिएको देखिएको छ ।
प्रतेक जस्तो तामाङ समुुदायहरुको कार्यक्रमहरुमा तामाङ समुदायको भाषा, संस्कृति र धर्मलाई उत्थान गर्न गीत संगीत उपयुक्त माध्यम भएको भाषण गरिदै आएको भए पनि आजको कार्यक्रमका अतिथिहरुले यस्तो शब्दहरु कहिँ कतै निकालेको पाईएन ।
कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रिय सदस्य सुदिन दोङले पत्रकारहरुलाई एक प्लेट मःमको लागि समाचार लेख्ने सम्मको आरोप लागेको भन्दै कार्यक्रम माथि समिक्षा गर्न पत्रकारहरुलाई स्वतन्त्रता भएको बताउनु भयो ।
उहाँले तामाङ पत्रकार र कलाकार बिचको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्नुपर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।
कुईसाङ रुम्बाको शब्द,सुमिना लो र च्वाईस दोङको आवाजमा रहेको यो गीतमा जोगलाल लामाको एरेन्ज र च्वाईस लामाको संगीत रहेको छ भने दिप स्टुडियोमा दिपेश प्रधानले मिक्स मास्टरीङ गरेका हुन् ।
गीतको भिडियोमा एलिना रायमाझी,अमिर कुमार लामा ,कुईसाङ रुम्बा,संजिव गोले,बिशाल दोङ,डि.बि.रुम्बा मुख्य भुमिकामा देखिएका छन् ।
अमिर कुमार दोङको निर्देशनमा बनेको भिडियोमा नृत्य निर्देशन राज किङ वाईबाले गरेका हुन् भने श्रृंगारमा रेशम लामा, सम्पादन तथा कलरिङ बिक्रम लामा रहेका छन् ।
हाम्रो सेलोघरको पोष्ट प्रोडक्सन रहेको भिडियोको प्रोडक्सन म्यनेजरमा कोते माईला रहेका थिए भने निर्मात्री शुस्मिता लामा हुन् ।

यो भिडियो हेर्नुस्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *