युके लान्छु रेलीमै’ बोलको गीत सार्वजनिक

२०८२ बैशाख ९, मंगलवार ००:५४ गते २०८२ बैशाख ९, मंगलवार ००:५४ गते २०८२ बैशाख ९, मंगलवार ००:५४ गते

काठमाडौं ।दोहोरी गायक सचिन भट्टराईले नयां बर्षको आगमनसंगै नयां गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिक गरेका छन्। सचिन भट्टराई र शान्ति श्री परियारको सुमधुर स्वरमा सजिएको उक्त गीतका लय र शब्द पनि गायक भट्टराई स्वयं आफैले तयार गरेका हुन्, जसले गीतलाई अझ गहिरो भाव र मौलिकता प्रदान गरेको छ।

गीतको म्युजिक भिडियोमा सुनिल न्यौपाने, गरिमा शर्मा, सरोज पौडेल, भीमार्जुन ओली, निक्सन लोहनी, र रबिना पाण्डेले अभिनय गरेका छन्। भिडियोको निर्देशन दिलिप समानले गरेका हुन्। सांस्कृतिक र पारम्परिक भावनालाई समेट्दै तयार पारिएको यो गीतले नेपाली जनजीवनको परिवेश झल्काउँछ। “यु के लान्छु रेलीमै” गीतले विशेषगरी नेपाली समुदायमा विदेश यात्रा, प्रेम, र सामाजिक परिवेशको यथार्थतालाई चित्रण गर्न खोजेको देखिन्छ।

गीत सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। मौलिक गीत संगीतमा रुचि राख्ने स्रोता तथा दर्शकका लागि यो गीत एक उत्कृष्ट सिर्जना बन्ने अपेक्षा गरिएको छ।

गीत समिप ईन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमा सार्वजनिक छ।

हेर्नुस् भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *