द फेस अफ मोडल सिजन २ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न

२०८२ बैशाख १४, आईतवार १८:०३ गते २०८२ बैशाख १४, आईतवार १८:०३ गते २०८२ बैशाख १४, आईतवार १८:०३ गते

काठमाडौं। डिभाइन एण्ड एलिगेन्ट डि.ई. इभेन्ट्सद्वारा आयोजना गरिएको द फेस अफ मोडल सिजन २ (२०८२) को ग्राण्ड फिनाले बैशाख ९ गते फुड कोर्ट, सिटी सेन्टरमा भव्यताका साथ सम्पन्न भयो।

कडा प्रतिस्पर्धामाझ विवश सिंह थापाले मिस्टर फेस अफ मोडल तथा पुनम तामाङले मिस फेस अफ मोडलको उपाधि जित्न सफल भए। त्यस्तै, प्रतियोगितामा जेसिका बुद्ध क्षेत्रीले यस सिजनको ब्रान्ड एम्बेसडर को उपाधि हात पारिन् भने अर्गनाइजर च्वाइस अवार्ड देवांश चन्दले प्राप्त गरे । आम पब्लिकको मन जित्दै आरुष कडरियाले मोस्ट पपुलर मोडलको उपाधि जिते।

कार्यक्रममा निर्णायकको भूमिकामा सरोज ओझा, सुशिला थापा, टेकराज पाण्डे, र सन्नि सिंह रहनुभएको थियो ।

डि.ई. इभेन्ट्स की प्रबन्ध निर्देशक अमिशा ओलीले कार्यक्रम नेपाली सांस्कृतिक सम्पदा, कलात्मक अभिव्यक्ति र नयाँ प्रतिभाको सम्मानका रूपमा आयोजना गरिएको जानकारी दिइन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *