काठमाडौं, एनआरएनए एकता महाधिवेशनका लागि युरोपका अभियन्ताहरुलाई एयरपोर्टमा भब्य स्वागत गरिएको छ । एनआरएनए उच्चस्तरीय समिति मुल आयोजक समितिका सदस्य सचिव गङ्गाधर गौतम,एनआरएनए अभियन्ता लोक प्रसाद दाहाल,एनआरएनए एनसीसी इटलीको पूर्वअध्यक्ष छविलाल कंडेल,एनआरएनए अभियन्ता कृष्ण गिरीलाई एयरपोर्टमा एनआरएनए अभियन्ता आरके शर्मा,खगेन्द्र न्यौपानेलगाएतले एयरपोर्टमा भब्य स्वागत गरेका हुन ।
एनआरएनए एकता महाधिवेशनका लागि युरोपको टोली आइपुग्यो
काठमाडौं । यही मे ३, ४, ५(वैशाख २० देखि २२ सम्म )मा काठमाडौंमा हुन गइरहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनको लागि विभिन्न देशहरुबाट डेलिगेट्स(प्रतिनिधि)हरु नेपाल आउने क्रम जारी छ ।
मंगलबार युरोपका विभिन्न देशबाट अन्तर्राष्ट्रिय सम्मेलन एवम एकता महाधिवेशनमा भाग लिने डेलिगेट्सहरु नेपाल आइपुगेका छन् ।
उक्त स्वागत कार्यक्रममा एनआरएनए अभियन्ता आरके शर्माले संस्थालाई एकता र न्यायसम्मत तरिकाले अगाडि बढाउनुपर्ने भन्दै एकता महाधिवेशन कुनै पनि हालतमा रोकिन नहुने बताए ।
उनले भने, ‘एनआरएनएको एकताको महाधिवेशन कानूनी मान्यतालगायत विभिन्न पाटोले गर्दा ढिला भएपनि अहिले छोटो समयमा सम्मेलन सम्पन्न गर्न सदस्यहरु आउनु भएको छ । संस्थालाई एकता र न्यायसम्मत तरिकाले अगाडि बढाउनुपर्छ । अधिवेशन कुनैपनि हालतमा रोकिनु हुदैँन्, समयमा नै हुन्छ ।’
एयरपोर्टमा पत्रकारहरुसङ्ग कुरा गर्दै एनआरएनए उच्चस्तरीय समिति मुल आयोजक समितिका सदस्य सचिव गङ्गाधर गौतमले निर्वाचन समयमा हुने निस्चित भएको बताए । उनले एकता अधिवेशनलाई साथ दिन सबै गैरआवासीय नेपालीलाई आग्रह गरेका छन ।
यसैगरी एनआरएनए अभियन्ता लोक दाहालले अधिवेशन तोकिएकै समयमा हुने जनाउदै सहभागिताको लागि सबैलाई अनुरोध गरे ।
सोही क्रममा एनसीसी इटलीको पूर्वअध्यक्ष छविलाल कंडेलले एकताको महाधिवेशन एनआरएनएमा एउटा नयाँ आयाम प्रदान गर्ने भन्दै एनआरएनएलाई पहिलाको अवस्थामा पु¥याउन पनि भूमिका खेल्ने बताए ।
उनले भने, ‘मे ३, ४, ५ मा हुन गइरहेको गैरआवासीय नेपाली संघको एकता महाधिवेशनमा भाग लिन इटलीबाट यहाँ आएको छु । एकताको महाधिवेशनले एनआरएनमा एउटा नयाँ आयाम प्रदान गर्ने छ । विगतमा जुन विसंगतीहरु थिए, एनआरएनएलाई पहिलाको अवस्थामा पुर्याउन यो अधिवेशनले पक्कै पनि भूमिका खेल्ने छ ।’
एकता महाधिवेशनमा करिब ३२ सय डेलिकेट्सले सहभागिता जनाउने अनुमान गरिएको छ । तर डा.बन्द्री केसी समूहले भने महाधिवेशन रोक्नुपर्ने माग राख्दै आएको छ ।
यही मे ३, ४, ५(वैशाख २० देखि २२ सम्म )मा काठमाडौंमा हुन गइरहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनको लागि विभिन्न देशहरुबाट डेलिगेट्स(प्रतिनिधि)हरु नेपाल आउने क्रम जारी छ ।
मंगलबार युरोपका विभिन्न देशबाट अन्तर्राष्ट्रिय सम्मेलन एवम एकता महाधिवेशनमा भाग लिने डेलिगेट्सहरु नेपाल आइपुगेका छन् ।
सोही क्रममा एनसीसी इटलीको पूर्वअध्यक्ष छविलाल कंडेलले एकताको महाधिवेशन एनआरएनएमा एउटा नयाँ आयाम प्रदान गर्ने भन्दै एनआरएनएलाई पहिलाको अवस्थामा पुर्याउन पनि भूमिका खेल्ने बताए ।
उनले भने, ‘मे ३, ४, ५ मा हुन गइरहेको गैरआवासीय नेपाली संघको एकता महाधिवेशनमा भाग लिन इटलीबाट यहाँ आएको छु । एकताको महाधिवेशनले एनआरएनमा एउटा नयाँ आयाम प्रदान गर्ने छ । विगतमा जुन विसंगतीहरु थिए, एनआरएनएलाई पहिलाको अवस्थामा पुर्याउन यो अधिवेशनले पक्कै पनि भूमिका खेल्ने छ ।’
तर डा.बद्री केसी समूहले भने महाधिवेशन रोक्नुपर्ने माग राख्दै आएको छ ।
Views: 0