काठमाडौं | आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले नुनको कारोबार निजी क्षेत्रलाई खोल्ने तयारी गरिरहेकोप्रति सत्तारूढ नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ।
नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाल सरकारले आम जनतालाई सर्वसुलभ मूल्यमा नुन आपूर्ति गर्दै आएको व्यवस्थालाई परिवर्तन गरी व्यापारिक समूहलाई जिम्मा दिनु अनुचित हुने बताएको हो।
विभाग प्रमुख तथा कांग्रेसका केन्द्रिय सदस्य गुरु बरालद्वारा जारी विज्ञप्तिमा नुनजस्तो संवेदनशील उपभोग्य वस्तुको कारोबार निजी क्षेत्रलाई दिँदा जनस्वास्थ्य र आर्थिक पक्षमा प्रतिकूल असर पर्न सक्ने भन्दै वर्तमान आपूर्ति प्रणालीलाई यथावत राख्न सरकारलाई आग्रह गरिएको छ।
यसअघि राष्ट्रिय उपभोक्ता मञ्चले समेत नुनको कारोबार खुला गर्ने सरकारी योजनाको विरोध जनाएको थियो।
Views: 0