काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान खडा गरिसकेका बहुचर्चित गायक तथा संकलक बिनोद ढकालको अर्को नयाँ गीत “जागिर सरकारी” सार्वजनिक भएको छ ।
ढकालकै लय तथा शब्दमा तयार भएको गीतमा ढकाल संगै र संगीता पौडेलको आवाज र कृष्ण लामिछाने एरेन्जर रहेको छ । भिडियो तर्फ लक्ष्मण श्रेष्ठको निर्देशनमा मदन राई छायांकन तथा सम्पादन रहेको छ।
गीतमा गायक ढकालले भ्रष्टाचार नगर्ने , असल सरकारी कर्मचारीलाई बजारको महंगीको तुलनामा वर्तमानको तलबले दाल र भात खान पुग्ने तर मिठो तरकारी खान नपुग्ने अबस्था रहेको चित्रण गरेका छन।
हेर्नुस् भिडियो :
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0