नव निर्वाचित अध्यक्ष श्रेष्ठको कमिटीलाई मन्त्री खडकाद्वारा बधाई

२०८२ जेष्ठ १, बिहीबार १५:४० गते २०८२ जेष्ठ १, बिहीबार १५:४० गते २०८२ जेष्ठ १, बिहीबार १५:४० गते

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको सहभागीता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन् ।उर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरु देवी भट्टचन र जीत सेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

आफूले उर्जामन्त्रालयको नेतृत्व सम्हाले यता जलविद्युतको क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै सरकारको नीति नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बताए ।सो अवसरमा मन्त्री खड्काले नव निर्वाचित एनआरएनएका अध्यक्ष श्रेष्ठ नेतृत्वको कमिटीलाई बधाई ज्ञापन गर्दै देश विकासमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेको बताउँदै मिलेर काम गर्ने बताए ।

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले उर्जा क्षेत्रमा अपार सम्भावना भएको औल्याउँदै नीति नियमलाई सहज बनाउनु पर्ने सुझाव दिए ।एनआरएन अध्यक्ष श्रेष्ठले नीतिगत सुधार गर्दा विदेशमा बस्ने नेपालीहरुले सिकेका सीप र पुँजीमार्फत देश विकास गर्न सकिने उल्लेख गरे । उनले आगामी दिनमा आफूहरु जलविद्युतको क्षेत्रमा काम गर्ने योजनामा रहेको बताए ।
उक्त भेटघाटमा उर्जा राज्यमन्त्री खम बहादुर गर्बुजाको पनि उपस्थिति रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *