काठमाडौं,परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित भएको महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमितिबारे सबै नेपाली दूतावासलाई सर्कुलर पठाएको छ । योसङ्गै एनआरएनए दर्ता भएको मन्त्रालय परराष्ट्र मन्त्रालयले श्रेष्ठ नेतृत्वको नवनिर्वाचित कार्यसमितीलाई आधिकारिकता दिएको छ ।
परराष्ट्र मन्त्रालयले श्रेष्ठ नेतृत्वको कार्यसमिति निर्वाचित भएको जानकारीसहित सहकार्य गर्न बिहीबार सबै दूतावासलाई सर्कुलर पठाएको हो । यो निर्णयसङ्गै सचिवालय कब्जा गर्दै आएको बद्री केसी समुहलाई ठूलो झट्का लागेको छ ।
मन्त्रालयकी शाखा अधिकृत सृजना कोइरालाद्वारा हस्ताक्षरित पत्रमा श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित भएपछि उनिहरुले वैशाख ३० मा लेखेको पत्रअनुसार सबै दूतावासलाई जानकारीका लागि पत्र पठाइएको उल्लेख गरिएको छ । सो पत्रसँगै अब विदेशमा रहेका दूतावासले श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई सरकारी कार्यक्रम तथा गतिविधिमा आधिकारिकता दिनुपर्ने बताइएको छ र आधिकारिक संस्था यहि समूह भएको प्रमाणित भएको छ ।
पत्रमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले हालसालै काठमाडौँमा आयोजना गरेको गैरआवासीय नेपालीको एकता महाधिवेशन र तत्पश्चात लगत्तै सम्पन्न चुनावी कार्यतालिका बमोजिम महेश कुमार श्रेष्ठको नेतृत्वमा पुरै कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी गराउँदै माननीय परराष्ट्र मन्त्रीज्यूलाई सम्बोधन गरी लेखिएको मिति २०८२।०१।३० को पत्र तहाँको जानकारीको लागि पठाइएको ब्यहोरा निर्देशानुसार अनुरोध छ । यसअघि श्रेष्ठ पक्षका प्रवक्ता गंगाधर गौतमले वैशाख ३० मा श्रेष्ठ नेतृत्वको गैर आवासीय नेपाली संघ कार्यसमितिसँग सहकार्य गर्नका लागि संसारभरका कूटनीतिक नियोगहरूलाई (दूतावास)लाई पत्राचार गरिदिन आग्रहसहित अनुरोध पत्र पठाएका थिए । सोही पत्रसँगै परराष्ट्रले पत्राचार गरेको अभियन्ता आरके शर्माले बताए । उनले पररास्ट्रको यो कदमको स्वागत गरेका छन । यसैगरि अध्यक्ष श्रेष्ठले पनि पररास्ट्रको यो निर्णयको स्वागत गरेका छन । उक्त पत्र सङ्गै नव निर्वाचित श्रेष्ठको कार्यसमिती र विश्वभर रहेका गैरआवासीय नेपालीमा खुशियाली छएको छ ।
Views: 0