अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक-कलामा आधारित भोजनलिपि स्वादको तेस्रो संस्करण जेठ १८ गते

२०८२ जेष्ठ १७, शनिबार १०:०७ गते २०८२ जेष्ठ १७, शनिबार १०:०७ गते २०८२ जेष्ठ १७, शनिबार १०:०७ गते

काठमाडौं ।अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक-कलामा आधारित भोजनलिपि स्वादको तेस्रो संस्करण जेठ १८ गते आइतवार काठमाडौको नेपाल हाउस हात्तीसारमा हुने भएको छ । नेपाली खाना प्रवर्धन अभियानले नेपाली खाना र स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । भोजन लिपि स्वाद स्वदेश तथा विदेशमा गरी एक सय भागसम्म आयोजना गर्ने तयारी रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिनुभयो । आफ्ना उपजहरुको बजारीकरणको लागि अभियानसँग जोडिन पनि देशभरका किसानहरुलाई आग्रह गरिएको अभियानले जनाएको छ । भोजन लिपि तेस्रो संस्करणमा सांगीतिक प्रस्तुति समेत रहने आयोजक पक्षले जनाएको छ । साधना कलाकेन्द्र कमलादीले सारंगी बाँसुरी र मादलको धुन प्रस्तुत गर्ने केन्द्रका संस्थापक मिलन मोक्तानले जानकारी दिनुभयो ।
अभियानको संयोजनमा यसअघि दुईवटा भोजनलिपि स्वाद संस्करण आयोजना गरिसकिएको छ । हालसम्म झापा, इलाम, पाँचथर, दोलखा, धनुषा, चितवन, नवलपरासी, बागलुङ, रोल्पा, जुम्ला लगायत ३० जिल्लाका कृषि उपजका परिकार बनाइसकिएको छ ।
नेपाली माटो र किसानसँग जोडिएको अभियानसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको नेपाल हाउस रेस्टुरेन्टका प्रमुख रुद्र शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
भोजन लिपि स्वादमा पाककलाका हस्ती सेफहरु गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण प्रसाद भण्डारी, शिवहरि घिमिरे, पूर्ण श्रेष्ठ, अजुवी चाम्लिङ, इङ्वा सुब्बा लगायत पूराना तथा नयाँ सेफहरुको पाककला रहने छ ।।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *