कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसँगको अन्तर्वार्ता

२०८२ जेष्ठ १९, सोमबार १३:१६ गते २०८२ जेष्ठ १९, सोमबार १३:१६ गते २०८२ जेष्ठ १९, सोमबार १३:१६ गते

कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसँगको अन्तर्वार्ता

तपाईँ कतार आउनु भएको कति समय भयोर कस्तो लाग्दैछ कतार ?
म कतारमा राजदूत भएर आएको सात महिना भयो । यहाँका जनता, यहाँको सहर, यहाँको वातावरण यहाँका प्रवासी नेपालीहरुको गतिबिधि यी सबै हेर्दा मलाई कतार राम्रो लागिरहेको छ । यहाँका विषयमा थप बुझिरहेको छु र नेपालीहरुको हकहितमा काम गरिरहेको छु । म आफ्नो जिम्मेवारी र कार्यप्रती सन्तुष्ट छु । ।

यहाँ नोपालीहरुको समस्या र सम्भावना के देख्नुभएको छ ?
कतार हाम्रा नेपालीहरुको एक प्रमुुख गन्तब्य मुलुक हो । हामी हाम्रा श्रमिकहरुकै समस्याप्रति ध्यान दिइरहेका छौं । मैले राजदूतको नियुक्ति पाउनुभन्दा पहिला श्रमिहरुकै समस्याका बारेमा सांसदहरुको प्रश्न र चिन्ता थियो । मेरो प्रमुुख दायित्व, जिम्मेवारी र प्रशासनीक क्षेत्र नै कतार हो भनेर म यहाँ आएको हुँ ।

यो सात महिनाको अवधिमा श्रमिकहरुको हितका लागि के के काम गर्नुभयो त ?
मैले श्रमिकहरुका समस्या बुझ्दै समाधानको काम गरिरहेको छु । जव मैंले काम सुरु गरँे, मैले उहाँहरुको समस्यालाई नै प्राथमिकता दिँदै आएको छु । यहाँ २५० वटा भन्दा धेरै प्रवासी नेपाली संघसंस्थाहरु रहेका छन् । मैले ८० भन्दा धेरै संघ संस्थासँग अन्तरकृया नै गरें । उहाँहरुले पनि श्रमिहरुकै समस्याबारेमा फोकस गर्नुभएको छ । पहिला यहाँ पासपोर्टको नबीकरणको समस्या रहेछ । अहिले मैंले त्यो समस्या सुनेको छैन धेरै समाधान भएको छ । पासपोर्ट अद्यावधिक नहुँदा वर्किङ परमिट नहुने र कारखानामा प्रवेश गर्न नपाउने लगाएतका धेरै हुँदो रहेछ । तेसैले मैले यस्लाई पनि प्राथमिकतामा राखे ।

त्यसोभए अव पासपोर्टको समस्या छैन ?
हामीले सहुलियत प्रदान जति गर्नुपथ्यो त्यति त अझै गर्न सकेका छैनौँ । तर अहिले कुनै समस्या छैन ।

पासपोर्ट बनाउन डकुमेन्टेशन सेन्टरहरुले डेट पाउनकै लागि २०० देखि ३०० रियाल तिर्नुपर्ने समस्या सुनिएको छ, त्यो के हो ?
अनलाइनबाट डकुेमन्टका लागि फर्म भर्न सबै नेपालीहरु आईटीमा दक्ष हुनुुहुन्न । राम्रो ज्ञान भएकाले मात्र आफैले गर्न सक्छ । यहाँ न्यूनतम दैनिक २०० जनाको पासपोर्टको प्रशोधन भैरहेको छ अहिले । हामीले सुरुमा हप्तामा दुई दिनका अनलाइन आवेदनको माग गरेर काम गथ्यौँ । त्यसले गर्दा कामको चाप पनि बढ्थ्यो । अहिले भने स्लट चौबिसै घण्टा खुला छ । अहिले पासपोर्टको समस्या समाधान भएको छ । पहिला तेस्तो सुनेर नै मैले सबैलाई सहज बनाएको हु । हामीकहाँ अहिले यसबारे गुनासो आएको छैन ।

तपाईंले सात महिनाको अवधिमा के कस्ता समस्याहरु पाउनुभयो, सम्भावना र चुनौतीहरु के देख्नुभयो ?
अधिकाँश श्रमिकहरुले सबै समस्या बताएका छैनन् । यहाँ कति प्रवासी नेपाली छन् त्यो नेपाल सरकारसङ्ग नैं तथ्यांक थाहा छैन । हामीलाई पनि थाहा छैन । यहाँ श्रमिक आउँदा दुई वर्षको अवधि लिएर आउँछन् । दुई वर्षपछि नै रोजगारादाताले म्याद थप्छ र नथपिएकाहरु फर्किन्छन् । कतिले श्रमस्कीकृत थपे, कति फर्किए त्यो तथ्यांङ्क छैन । यहाँ तीन लाख भन्दा बढि नेपाली कादारहरु छन् । यहाँ दोहोर्याएर तेहेर्याएर पनि श्रमिकहरु बसेका छन् । कतिपय समस्या पाकृतिक रुपमा आउँछन् कतिपय बनावटी समस्या पनि आउँछन् । तर ती सीमित छन् । यहाँ २०२२ मा विश्वकप फुटबल हुँदा भौतिक विकास अत्याधिक भयो । पछि क्रमशः कम हुँदै गएको छ । कम्पनी नै डुबेर आउने समस्या पनि कतै कतै सुनिएको छ ।
जुन जुन मेगा प्रोजेक्ट सकिदै गए उनीहरु आफ्नो क्षमता घटाउँदा, आर्थिक रुपले घाटामा पर्दा त्यस्तो समस्या आउँन सक्छ । यो बिजनेश लिक्वेडेशन विश्वव्यापी नै हुन्छ । तर यो समस्या यहाँ सामान्य छ ।

कतिपय मेनपावरले नेपालबाट कामदार पठाउँछन् नेपालीहरु यहाँ आएर कम्पनीमा काम नपाउने, भनेजस्तो पारिश्रमिक नपाउने गुनासाहरु सुनिन्छन्, यसमा दूताबासले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
त्यस्ता अधिकाँश समस्या हामीले समाधान गरेका छौ । कम्पनीका सञ्चालकहरुलाई हामीले यहीँ बोलाएर छलफल गर्ने गरेका छौं । रोजगारदाता कम्पनी र मेनपावरबिच बिचौलियाको भूमिकामा श्रमिकहरुले समस्या पाउने गरेका छन् । तर त्यस्ता समस्या पहिलेका जस्ता छैनन् । सबै समाधान भैसकेका छन ।

दूताबासका कर्मचारीहरु इमान्दार नहुदा र स्वार्थ समूहको काम गर्दा नेपाली कामदारहरुले दुःख पाइरहेका छन् भन्ने गुनासो सुनिएको छ नि ?
यो अध्ययन अनुसन्धानको विषय बन्यो । यहाँ एटेस्टेशनमा अनलाइनको सुविधा छ । हामीले न त रोजगारदाताको न त मेन्पावरको न त कामदारको मुख नै देखेका हुन्छौँ । म दाबाकासाथ भन्छु यस किसिमको अनियमितता यहाँको दूतावासमा भएको छैन । तेस्तो कहि कतैबाट कोसिस भएमा सिधै मलाई जानकारी गराउन पनि आग्रह गर्दछु ।
मेनवावरको एटेश्टेशनको काम ढिला भयो भन्ने गुनासो गरिरहेका छन् । तर हामी सत्य तथ्य पुष्टि नभइकन डिमाण्ड दिँदैनौँ ।

सबै कामदार,सेवाग्राही र मेनपावर कम्पनीको काम समयमै हुने गरेको छ त ?
हाम्रोमा त्यस्तो विभेद छ भने त्यो पत्ता लगाउन आग्रह गर्दछु । केहीले एटेसटेशनको ढिला गरिदिनुभयो भन्नुहुन्छ । जसले दूतावासलाई दिनुपर्ने कागजात र प्रकृया पुरा गरेका हुँदैनन् तिनका काम ढिला नै हुन्छन् । म अपारदर्शी तरिकाले जे डकुमेन्ट ल्यायो त्यो हेर्दै नहेरी स्वीकृति गर्दिन । त्यस्तालाई दुःख दिन म तयार छु ।

नेपाली श्रमिकहरुले समस्या लिएर आउँदा दूताबास कत्तिको सहज छ ?
हामीले समस्या भएकाहरुका लागि एउटा छुट्टै कम्प्युटर सफ्टवयर बनाएका छौ । उहाँहरुले त्यसबाट पनि समस्या राख्न सक्नुहुन्छ । हामीले २४ घन्टा टेलिफोनको व्यवस्था पनि गरेका छौं । उहाँहरुका समस्या फोनबाट पनि समाधान हुने व्यवस्था छ । कतिपय अवस्थामा उहाँहरु स्वयम दूताबासै आएर आफ्ना समस्या र गुनासा राख्ने गर्नुभएको छ । हामीले ती समस्या तुरुन्तै द्रुत गतीमा समाधान गरेका छौं । दूताबासमा थोरै कामदार छन तैपनी हामीले धेरै समय दिएर धेरै काम गरेका छौ । दूताबासमा तीनवटा फोन छन् । हामीले जो फुर्सदमा हुन्छ, उसैले फोन उठाउने र सेवा दिने गर्छौ । अझ ड्राइभरले पनि कतिपय अवस्थामा कार्यालयको काममा सहयोग गर्नुहुन्छ । फोन उठेन भन्ने समस्या त बेला बेलामा आउँछन्, खाना खाने समयमा त्यो समस्या भएको हुनसक्छ । अरुबेलामा तेस्तो भएमा मलाई जानकारी गराउनुहोला । कतिपयले इमेलमा समस्या लेखेर पठाउनुहुन्छ । हामीले तिनको रिप्लाई पनि गर्ने गरेका छौं ।

भनेपछि नेपाली दुताबास कामदारमैत्री बनेको छ ?
कामदारमैत्री बन्ने कोशिसमा छौ । हामीलाई थाहा नभएका र लुकेका समस्या धेरै होलान् तिनका बारेमा पनि हामी सचेत छौंँ ।

नेपाली कामदारहरुलाई हाउसमेड श्रमिकका रुपमा कतारको पनि माग रहेको र ल्याउनका लागि तयारी के हुँदैछ ?
नेपाली घरेलु कामदार महिला ल्याउनका लागि हामी सकारात्मक नै छौं । क्षमता बिकास गरेर मात्र ल्याउनका लागि तयारी गर्नका लागि भनेर ढिला भएको हो । भिजिट भिषामा नेपालीहरु विदेश जाने कुरा नीतिगत रुपमा समाधान गर्नुपर्छ । भिजिट भिषामा आउनका लागि भाषिक, आर्थिक, साँस्कृतिक, कानूनी सबैको ज्ञान हुन जरुरी भएकाले यसको नीतिगत व्यवस्थथा गर्नका लागि नेपाल सरकारले पनि सूचना गरेको छ ।

यहाँका एनआरएनए र सामाजिक संघ संस्थासँग कस्तो समन्वयकारी भूमिका रहेको छ ?
कतारमा रहेका सबै संघ संस्थाको बैधानिकता त परिभाषित छैनन । धेरै संघ संस्थाहरु छन् । करिव २०० भन्दा बढि होलान् । उहाँहरुको धेरै कार्यक्रम हुन्छन् । ती खर्चिला, र भड्किला पनि छन् । ती कार्यक्रमका पैसा जोगिए भने घरखर्च र स्वास्थ्यमा लगानी गर्न सकिन्छ । तर पनि हामी एनआरएनए र नेपाली व्यवसायी संघ जस्ता प्रतिष्ठित संघ संस्थासँग सहकार्य गरेका छौं । उनीहरुलाई दलगत राजजनीतिबाट भने अलग रहन आग्रह पनि गरेका छौ ।

श्रमिकसँग सम्बन्धित राजदूतको हस्तक्षपकारी भूमिका छ कि भन्ने पनि छ । श्रमिकहरुलाई जति समस्या पर्छन् तिनको कुटनीतिक तरिकाले नै हेरिन्छ ।
नेपालबाट पठाउने कामदारको जति गुणस्तर हुनुपर्ने थियो त्यो हुन सकेको छैन । जसले गर्दा श्रमिकहरु समस्यामा छन् भन्ने कुरा कतारमा कस्तो छ ?
नेपालीहरु दुःखको काममा छन् । यहाँ अलि क्लोज इन्भाइरोमेन्ट छ । यहाँको कानून पनि अलि कडा नै छ । नेपालको जस्तो छैन । उहाँहरुको क्षमता नेपालमै विकास नगरेर ल्याएसम्म यहाँ काम गर्न त्यति सहज भने छैन । यहाँको नियम पालना गरौँ, के के लगाउँन हुन्छ, के के खान हुन्छ, के के नेपालबाट ल्याउन पाइन्छ भन्ने कुरा जानेर कानूनको अतिरिक्त काम गर्न हुँदैन । सबै सचेत भएर आउँन अनुरोध गर्दछु ।
सुव्यवस्थित श्रम व्यवस्था मेरो प्राथमिकता हो । हामीसँग भएको श्रमताको प्रयोग गर्ने, हाम्रो देशमा उत्पादन भएका सामाग्रिहरुको निर्यात गर्ने, नेपालको पर्यटन व्यवस्था गर्ने मेरा प्राथमिकताका विषय हुन् । यहाँका असल अभ्यासहरु नेपालमा भित्र्याउने काममा मेरो प्रयास हुने छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *