गैर आवासीय नेपाली संघका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

२०८२ असार ७, शनिबार १३:३७ गते २०८२ असार ७, शनिबार १३:३७ गते २०८२ असार ७, शनिबार १३:३७ गते

वासिङ्टन डीसी । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन रेग्मीले स्वागत गरेका छन् ।  शुक्रबार वासिङ्टन डीसीमा आयोजित कार्यक्रममा राजदूत रेग्मीले अध्यक्ष श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै एनआरएनएको विश्वव्यापी सञ्जाल र यसले प्रवासी नेपालीहरूको हितमा पुर्याएको योगदानको प्रशंसा गरे ।

राजदूत रेग्मीले एनआरएनएले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई सुदृढ गर्न खेलेको भूमिकाको कदर गर्दै अध्यक्ष श्रेष्ठको नेतृत्वमा संघले थप उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले नेपाली दूतावासको आतिथ्यताप्रति आभार प्रकट गर्दै एनआरएनएको हालै मे ३–४, २०२५ मा काठमाडौंमा सम्पन्न एकता महाधिवेशनबाट आफ्नो नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको वैधानिकता र परराष्ट्र मन्त्रालयले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

उनले भने, ‘हाम्रो उद्देश्य प्रवासी नेपालीहरूको हकहित संरक्षण गर्नुका साथै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्‍याउनु हो ।’ सो अवसरमा नेपाली समुदायका अगुवाहरू, एनआरएनएका पदाधिकारीहरू र दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष श्रेष्ठले अमेरिकास्थित नेपाली समुदायलाई एकजुट भएर नेपालको विकासमा थप योगदान गर्न आह्वान गरे ।  नेपालको कूटनीतिक नियोग र एनआरएनएबीचको सहकार्यले भविष्यमा थप सकारात्मक परिणामहरू ल्याउने विश्वास व्यक्त गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *