ललितपुर । ल्यासे स्वःजुल बोलको नेपालभाषामा धमाकादार गजबको गीत सार्वजनिक भएको छ। युगीन लेखक तथा निर्देशक पवन जोशीको शव्द–रचना तथा अनिल तुलाधरको संगीतमा समाजसेवी गायिका सरिता महर्जन र गायक स्वतन्त्र संसार महर्जनको गायनमा उक्त धमाकादार गीत सार्वजनिक भएको हो।
दिदीभाइको कथानकतामा आधारित उक्त रमाइलो गजबको गीतमा सुनिता ठाकुर र मनोज महर्जनको बेजोड अभिनय रहेको छ। आमा पछिको आमा भनेकै दिदी हो । यिनै दिदीको महत्वलाई दर्शाएको यस गीतमा भाइले बुहारी खोज्न दिदीलाई अनुरोध गरेको तथा दिदीले पहिला कमाइ गरेर सक्षम हुनु भनेर सम्झाएको यथार्थतालाई गीतले मौलिक सन्देश दिएको छ।
जसमा आँट, साहस र धैर्यको प्रतिक बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन र समाजसेवी गाियका सरिता महर्जनको दमदार गायन प्रस्तुतिले गीतको शव्दलाई पुट गरेको छ। जुन युगान्तकारी बनेको छ। दिदीभाइको कथानकतामा नेपालभाषामा यति धेरै राम्रो गीत बनेको संभवत यो पहिलो नै हो।
Views: 4