ग्रिसमा बसेर पाकिस्थानीसङ्ग मिलेर नेपालीहरुमाथि ठगी धन्दा चलाउँदै मोरङकी अनु कार्की उर्फ स्नेहा

२०८२ असार २७, शुक्रबार १५:१४ गते २०८२ असार २७, शुक्रबार १५:१४ गते २०८२ असार २७, शुक्रबार १५:१४ गते

काठमाडौं,  मोरङकी अनु कार्की उर्फ स्नेहा थापाले ग्रिसमा बसेर नेपालीहरुलाई ठगी धन्दा चलाएको तथ्य फेला परेको छ । उनले त्यहाँ नेपालीहरुलाई बन्धक बनाएर, फिरौती उठाएर,काम लगाएर पैसा नदिइ आफै लिएर ठगी गरेको तथ्य जनसवालले प्राप्त गरेको छ ।

त्यहाँबाट जनसवालको सम्पर्कमा आएका दुई दर्जन पिडित व्यक्तिहरुका अनुसार उनले टिकटक,फेसबुक र एजेन्टमार्फत सम्पर्कमा आएका नेपालीहरुलाई ग्रिसको विमानस्थलबाटै आफ्नो कोठामा खानेकुरा तयार भएको छ, खाना खाएर केही समय आराम गरेपछि काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर बिचौलियाको काम गर्दै फिरौती उठाउने गरेको पीडितहरुले बताएका छन । उनले आफ्नो सम्पर्कमा आएका युवाहरुलाई दिनको १४ देखि १६ युरोमा काम लगाउने गरेकि छन् भने आफूले १२ युरो लिएर कामदारको हातमा मात्र दुई देखि चार युरो दिने गरेको पिडिहरुको दाबी छ ।
चितवन घर भई हाल बुल्गेरीया रहेका सुरेश पाण्डे (नाम परिवर्तन) लाई ती युवतीले ग्रिसमा अकर्षक तलबसहित रोजगारी लगाइदिन्छु भन्दै १५ दिन अगाडि बोलाएकी थिइन् । आकर्षक तलबको लोभमा परि सुरेश ग्रिसबाट बुल्गेरिया हिँडे । हाल पोर्चुगलमा रहेकी सुरेशकी बहिनी रेनुका पाण्डे भन्छिन्, ‘टिकटकमा स्नेहा थापा नाम भएकी अनु कार्कीले ग्रिसबाट नैं अनलाइन मार्फत प्लेन टिकट पठाइन्, त्यो नक्कली टिकट रहेछ, दाइलाई एयपोर्टमा प्रहरीले समात्यो’, उनी थप्छिन्, ‘त्यहाँ ३० युरो तिरेपछि दाइ बसको टिकट काटेर बुल्गेरीयाबाट दस घण्टाको यात्रा गर्दै ग्रिस जानुभयो, त्यहाँ अनु कार्कीले पाकिस्तानीहरुसँग सम्पर्क गराईन र २२ सय युरो नतिरे ज्यान खतरामा पर्ने धम्की दिईन । तीन दिन उनीहरुले दाइलाई किड्न्याप गरे ।’ अनु (स्नेहा) ले आफ्नो श्रीमान बताउने क्वासिम मसिम
र अन्य पाकिस्तानीहरुसँग मिलेर ग्रिसमा यस्तो ठगी धन्दा चलाउने गरेको पिडितहरुको दाबी छ । उनीहरुको बाहिरी आवरण भनेको रेस्टुरेन्ट सञ्चालक हो ।
पकिस्तानीहरुलाई २२ सय युरो तिरेर उम्किएका सुरेश ग्रिसबाट माल्टा हानिए । माल्टामा सुरेशका ज्वाइँ (रेनुकाका श्रीमान्) बस्छन् । रेनुकाका अनुसार मोरङकी अनु कार्कीले ग्रिसमा बसेर पाकिस्तानीहरुसँगको मिलेमत्तोमा नौ सय भन्दा धेरै नेपालीहरुलाई यसैगरी बिभिन्न प्रलोभन देखाएर आफ्नो सम्पर्कमा ल्याउने र ठग्ने गरेको पिडितहरु बताउछन । अनुले ग्रिसमा काम लगाइदिन्छु भन्दै बोलाएका ३ दर्जन नेपालीहरु ग्रिसको कारागारमा रहेको र उनीहरुसँग आफ्नो सम्पर्क हुने गरेको रेनुका बताउँछिन । उनी भन्छिन्, ‘अनु र पाकिस्तानीहरुले उनीहरुलाई फिरौती नबुुझाए मरणासन्न हुनेगरी कुटपिट गर्ने गरेका छन्, एक जनाको त हातै भाँचिदिएका छन्, धेरैको पासपोर्ट खोसेर राख्ने गरेका छन् ।’
अर्का एक जना युवकले नाम गोप्य राखिदिन अनुरोध गर्दै भने, ‘म अनु कार्की (स्नेहा थापा)को सम्पर्कमानै रोमानियाँबाट तीन हजार युरो तिरेर ग्रिस आएको हुँ । राजधानी एथेन्सको एयरपोर्टमा आउँदा मलाई लिन कोही आएनन् । एक जना पाकिस्तानीले पर बस देखाउँदै मलाई त्यसैमा चढ्न भने । त्यो बस चढाएर मलाई कोहि पनि मान्छे नदेखिने अर्गोस भन्ने अनकन्टार ठाउँमा पुर्याए । त्यहाँ मलाई साढे तीन महिना राखे । कति दिन त बालुवामा सुताए । फोन गर्दा स्नेहासँग सम्पर्क नै भएन । अनि मात्र म बेचिएको थाहा पाएँ । मेरो पासपोर्ट पनि उनीहरुले नै लगे । पासपोर्ट माग्दा तीन हजार युरो तिर अनि मात्र दिन्छुु भन्दै बारम्बार धम्क्याए । मलाई टीआरसी तिरेर आउँदा पनि तीन हजार तिरायो । नेपालबाटै पैसा मगाएर तिरेँ । काम गरेको तलव पनि दिएनन् । सबै गर्दा मेरो सात हजार युरो लुटे । स्नेहाले अहिले भन्ने गरेको श्रीमान् मसीर भन्ने पाकिस्तानी व्यक्ति हो ।’
नेपालमा भोजपुर घर भई हाल ग्रिसमा रहेका जीवन ओझा पनि स्नेहाकै सम्पर्कमा रही ग्रिस पुगेको बताउँछन् । उनी त्यहाँ पुगेको आठ महिना भयो तर अहिलेसम्म कुनै रोजगारी पाएका छैनन् । उनले जनसवालसँग भने, ‘म यहाँको सरकारले उपलब्ध गराएको फ्ल्याटमा बसेको छु । मसँग नुवाकोटका सरोज पाण्डे र भोजपुरका एक जना साथी छन् ।’ केही समय रोमानिया र पोल्याण्ड बसेर आठ महिनादेखि ग्रिसमा रहेका जीवन भन्छन्, ‘टिकटिकबाट नेपालीहरुसँग सम्पर्क गरी युवा युवतीहरुलाई ग्रिसमा ल्याएर कतिपयलाई पाकिस्तानीसँग अनैतिक कृयापकलपमा लगाउने काम स्नेहाले गरेकी छन । हामीले यहाँको प्रहरीमा उजुरी दिएपछि स्नेहा र उनको श्रीमान मसिर हाल भने भागेर हिँडेका छन्, केही पाकिस्तानी पक्राउ परिसकेका छन् । उसको सम्पर्कमा ग्रिस आएर काम गरेका नेपालीहरुले तलब माग्दा उल्टै घाँटी काटेर मारिदिन्छु भन्दै धम्क्याउने गरेकी छिन। हामीलाई स्नेहा र पाकिस्तानीहरुले भेटे ज्यान लिन्छन् होला ।’ आफूले अहिलेसम्म स्नेहालाई ६ हजार यूरो तिरिसकेको बताउँने उनी आफूसँगै भएका साथीहरुको पासपोर्ट स्नेहासँगै रहेको र पासपोर्ट माग्दा उल्टै २५ देखि ३५ सय युरो माग्ने गरेको बताउँछन् ।
जीवनका अनुसार स्नेहा रोमानियाबाट ग्रिस आएकी हुन् । उनी ग्रीसमा गैरकानूनी रुपमा बसिरहेकी छन भने ठगी धन्दा चलाईरहेकी छन । जीवन थप्छन्, ‘यहाँ स्नेहा र मसिरबाट ठगिएका नेपालीहरु सयौ छन् तर उनीहरुले मार्छन् भन्ने डरले कोही पनि बोल्न चाहँदैनन् ।’
उनिबाट पिडित तीन दर्जन हाम्रो सम्पर्कमा आएका छन । उनिहरुले स्नेहाको ठगी धन्दाका बारेमा हामिलाई जानकारी गराएपनी नाम भने डरले नलेखिदिन आग्रह गरे ।

स्रोत: जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 11

Leave a Reply

Your email address will not be published. Required fields are marked *