‘अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम भव्य रूपमा सम्पन्न

२०८२ श्रावण २५, आईतवार १९:४० गते २०८२ श्रावण २५, आईतवार १९:४० गते २०८२ श्रावण २५, आईतवार १९:४० गते

बर्दिवास, साउन २४ – सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा ‘अब हाँस्छ बर्दिवास’ शीर्षकमा गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम भव्य रूपमा सम्पन्न भयो ।

कार्यक्रमको अध्यक्षता सिस्नुपानी नेपाल महोत्तरीका अध्यक्ष नारद प्रसाद काफ्लेले गरेका थिए भने प्रदेश सभासद सारदा देवी थापाले प्रमुख अतिथिको रुपमा उपस्थित भई कार्यक्रमलाई सफल पार्न शुभकामना व्यक्त गरिन् । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री विशेष अतिथिको रूपमा कार्यक्रममा सहभागी थिए ।

कार्यक्रम संयुक्त रूपमा सञ्चालन सदस्य विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले गरेका थिए भने सिस्नुपानी नेपालका उपाध्यक्ष जीवनराज दाहालले उपस्थित सबैलाई स्वागत गरे । विभिन्न वडा अध्यक्षहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी, प्रलेस नेपाल मधेस प्रदेशका पदाधिकारीहरू, होटल तथा पर्यटन व्यवसायी संघ, उद्योग वाणिज्य संघ, साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका पदाधिकारीहरू र पत्रकारहरू कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा कविता, गीत, नृत्य, जादु र प्रहसन लगायतका विविध सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिए । हास्यव्यङ्ग्य रचना, कमेडी डान्स र जादुका रमाइला प्रस्तुतीहरूले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरे ।

प्रमुख अतिथि प्रदेश सभासद सारदा देवी थापाले यस किसिमका कार्यक्रमहरूले समाजमा रहेका विकृति र विसङ्गतिलाई व्यङ्ग्यमार्फत उजागर गर्दै सुधारतर्फ लाग्न प्रोत्साहन गर्ने उल्लेख गरिन् । अध्यक्ष नारद प्रसाद काफ्लेले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रम गौतम होटलको सभाहलमा आयोजना गरिएको थियो जहाँ चियापानको समेत व्यवस्था गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed