विद्यालय बन्द गरेर राष्ट्रपतिको गरियो स्वागत

२०७५ पुष १८, बुधबार २१:३६ गते २०७५ पुष १८, बुधबार २१:३६ गते २०७५ पुष १८, बुधबार २१:३६ गते

झापा, पुस १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्र सरकारको मातहतमा रहेका कृषिफर्म र परियोजनालाई प्रदेश तथा स्थानीय तहलाई जिम्मा दिनुपर्ने धारणा राखेकी छन् ।

बुधबार झापाका दुई छुट्टा–छुट्टै कृषि परियोजना र फर्मको अवलोकन गर्न झापा आएकी राष्ट्रपति भण्डारीले सरकारले कृषि परियोजनालाई सुधार गरी कृषकलाई सेवा दिनेमा आफू आशावादी रहेको बताइन् ।

झापाको गौरादहमा रहेको नमुना कृषि परियोजना र शिवसताक्षी नगरपालिकास्थित चन्द्रडाँगी कृषिफर्मको अवलोकनका लागि राष्ट्रपति आउने भएपछि सो क्षेत्रका आधादर्जन विद्यालय बन्द गरी विद्यार्थी र शिक्षकसमेत कार्यक्रमस्थलमा स्वागतका लागि जम्मा भएका थिए ।-इमेज खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *