ओमप्रकाश गुप्ता
देउखुरी १४ फागुन । माइती नेपालको आयोजनामा फागुन १० देखि १६ गते सम्म संचालित चेलीबेटी बेचबिखन विरुद्धको मेची महाकाली अभियान टोलीले सोमवार भालुवाङमा ¥याली निकालेको थियो । चेलीबेटी बेचविखनको अन्त्य गर्न माइती नेपालले जनचेतनामुलक अभियान थालेको हो । माइती नेपालका केशव कोइरालाको सञ्चालन, निर्देशक विश्वराम खड्काको विषय प्रवेश र स्वागत मन्तव्यवाट सुरु गरिएको सभालाई इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रबहादुर खड्का, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेल, नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश सभासद महेश रिजाल लगायतले बोलेका थिए । ¥यालीमा नेपाल राष्ट्रिय मा.वि. भालुवाङ, देउखुरी भ्याली बोडिङ स्कुलका विद्यार्थी र शिक्षक शिक्षिकाहरु, ससत्र प्रहरी तथा जनपथ प्रहरी गरी झन्डै १००० को ¥यालीमा सहभागिता रहेको थियो । .मावि भालुवाङवाट सुरु भएकोको ¥याली भालुवाङ्ग बजार हुदै पुल्चोक बजार परिक्रमा गरी सभामा परिणत भएको थियो । यसै बिच लमहीमा पनि कार्यक्रम सम्पन्न भएको माइती नेपालले जानकारी दिएको छ ।
Views: 0