दाङ महोत्सवको आज अन्तिम दीन– १८करोड २५ लाखको कारोवार, ४ लाख बढिले महोत्सवको अवलोकन

२०७४ फाल्गुन १४, सोमबार १६:१० गते २०७४ फाल्गुन १४, सोमबार १६:१० गते २०७४ फाल्गुन १४, सोमबार १६:१० गते

घोराही, फागुन १४

फाल्गुन ३ गतेदेखी दाङको घोराहीमा जारी दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेश स्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ को आज औपचारीक रुपमै समापन भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा प्रदेशसभा सदस्य अम्मर बहादुर डाँगीको प्रमुख आथित्यमा सम्पन्न महोत्सव समापन कार्यक्रममा वोल्दै प्रमुख अतीथी प्रदेश सभा सदस्य डागीले महोत्स शहरी अर्थतन्त्र र ग्रामीण अर्थतन्त्रको जम्काभेट भएको वताउदै शहरको उपभोक्ता र ग्रामीण उत्पादनको समागमको रुपमा रहेको वताउदै यसको वहुआयामीक महत्व रहेको वताउनु भयो ।
प्रमुख अतीथी डागीले पाश्चात्य उपभोक्तावादी संस्कृतीले हस्तछेप गररहेको वर्तमान समयमा यस्ता महोत्सवले हाम्रा मौलीक र सामाजीक संस्कृतिको जर्गेना गर्न सहयोग पुग्ने वताउनु भयो । अवको खाचो समृद्ध राष्ट्र निमार्ण गर्ने रहेको वताउदै राष्ट्रीय शीक्षा नितीलाइ सुधार गर्न जरुरी रहेको वताउनु भयो । यसैगरी कार्यक्रममा वोल्दै विशीष्ट आतीथी नेपाल पत्रकार महासंघका केन्द«ीय उपाध्यक्ष विपुल पोख्रेलले े महोत्सले दाङको उत्पादनको वजारीकरण, कृर्षि उत्पादनलाइ प्रोत्साहन र स्थानीय सिप क्षमता र वस्तुको वजारीकरणमा महत्वपुर्ण भुमीका खेलेको वताउनु भयो । दाङलाइ समृद्ध वनाउन र दाङको विकासमा समेत मीडीयाले महत्वपुर्ण भुमीका खेलीरहेको वताउदै विकास र समृद्धको अभियानमा यहाका मीढीयाहरुपनी संग संगै रहेको वताउनु भयो । कार्यक्रमका अर्का विशीष्ट अतीथी घोराही उपमहानगरपालीकाका मेयर नरुलाल चौधरीले महोत्सवले दाङको उद्योग , व्यवसाय कृर्षि पर्यटन र संस्कृतिको विकासका लागी महत्वपुर्ण भुमीका निर्वाह गरेको वताउनु भयो । यस्तै नेपाल उद्योग वाणीज्य महाससंघका केन्द«ीय सदस्य एवं महोत्सव निदेर्शक ध्रुवराज श्रेष्ठ भारीले महोत्विले आफनो लक्ष्य र उदेश्य पुरा गरेको वताउदै महोत्सवलाइ सफल वनाउन सहयोग पुर्याउने सवैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमा विशीष्ट अतीथी दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द« वहादुर श्रेष्ठ , घोराही उपमहानगरपालीकाका वर्ढा न १४ का अध्यक्ष शक्तीराम डागी, ने कपा एमालेका टिका राम खडका, ने कपा माओवादी केन्द«का निर्मल आचार्य, नेपाली काग्रेसका कमान सिह भारती, राष्ट्रीय जनमोर्चाका गणेश आचार्य, लगाएतले मनतव्य व्यक्त गर्नुभएको थियो यसैगरी कार्यक्रममा नागरिक समाज दाङका सदस्य हरिप्रसाद पाण्डेय ,नेपालपत्रकार माहासंघ दाङका अध्यक्ष सविन प्रियासन , हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आईतबारे पाण्डे , तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष बिरबहादुर रावत, नेकपा माओवादीका सह ईन्चार्ज निर्मल आचार्य, राष्ट्रिय जनमोर्चाका गणेश आचार्य लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा महोत्सवमा सहयोग पुर्याउने विभिन्नसंघ संस्थालाई सम्मान तथा विभिन्न प्रतियोगिताका विजेताहरुलाइ पुरस्कार तथा सम्मान गरीएको थियो यसैगरी कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले लघुउद्यमको विकास रस्थानीय उत्पादनको वजारीकरण तथा प्रवद्र्धन एवं यसक्षेत्रको पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यका साथ आयोजना गरिएको महत्वलाइ लक्ष्यमा पुर्याउन सहयोग गर्ने उद्योगी व्यवसायी सुरक्षा कर्मी । संचार माध्यम नागरीकसमाज टोलविकास संस्थाहरु विभीन्न सरकारी तथा गैरसरकारी संस्थाहरुलाइ धन्यवाद दिदै समवृद्धको यात्रामा दाङ जिल्ला उद्योग वाणज्यिसंघ सदैव सवैपक्षसंग हातेमालो गर्न ततपर रहेको वताउनु भयो ।

दाङ जिल्ला उदोग वाणीज्यसंघका वाणीज्य उपाध्यक्ष टंक सिह वुढाथोकीको स्वागत मनतव्य वाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन उद्योग उपाध्यक्ष वसन्त जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्की र तथा सचिव माया पोख्रेले गर्नुभएको थियो । यसैबिच महोत्सवको अन्तिम दिनसम्म आईपुग्दा १८करोड २५लाखको आर्थीक कारोबार भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष शुसील पोख्रेलले जानकारी दिनुभएको छ। । पोख्रेलका अनुसार आजसम्म करिव ४ लाख ५० हजारले महोत्सुवको अवलोकन गरेका छन ।दाङ जिल्ला उद्योग वाणीज्यसंघले महोत्सवमा करिव २० करोडको आर्थीक कारोवार र ५ लाखलाइ महोत्सवको अवलोकबन गराउने लक्ष्य लिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *