धानखोलाबासीको समस्या।।।मोबाईल छ, तर टावर नै आउँदैन

२०७४ फाल्गुन १४, सोमबार १६:२८ गते २०७४ फाल्गुन १४, सोमबार १६:२८ गते २०७४ फाल्गुन १४, सोमबार १६:२८ गते

सन्तोषकुमार गुप्ता

फाल्गुन १४ दाङ

धानखोलाअहिलेको अवस्थामा प्रत्येक व्यक्तिसँग मोबाइल हुन्छ । अझ कतिपय व्यक्तिहरुको त २ वा सो भन्दा बढी मोवाइल हुन्छन् । यस्तै कपिलवस्तु,अर्घाखाँची,दाङ जिल्लाको सिमानामा पर्ने धानखोलामा प्रायः सवैसँग मोवाइल छ । तर त्यहाँ नेटवर्कले काम गर्दैन । स्थानीयहरु संचारको पहँुचवाट धेरै टाढा रहेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका वार्ड नम्बर १ र ९ यही वस्तीमा पर्ने गर्दछ । त्यहाँ वुद्धिजिवीहरुले संचारको माध्यम हुनुपर्छ भन्ने माग राखेपनि कसैले वास्ता गरेको छैन । त्यो ठाउँमा विकाश हुन्छ की भनेर अझै पनि बसाइसरी आउने गर्दछन् । दाङको भालुवाङवाट करिव १२ किलोमिटरको दुरीमा रहेको सो ठाउँका स्यानीयहरु मोवाइलमा नेटवर्क नआउँदा समस्या भोगिरहेका छन् ।
यस गाउँका स्थानीयहरु सामाजिक संजाल तथा ईन्टरनेटको पहँुचवाट टाढा रहेका छन् । समस्यालाई विभिन्न निकायसम्म पनि स्थानीयहरु नपु¥याएका होइनन् । तर बेवास्ता गर्दा यस्तो समस्यावाट ग्रसित रहेका छन् । फोन गर्नको लागि १० किलोमिटर टाढा जानुपर्ने समस्या रहेको स्थानीय दिनेश पुनले वताए । पुनले भने यस गाउँको मुख्य समस्या नै नेटवर्कको हो । यसमा कसैको ध्यान जान सकेको छैन । मैले धेरै ठाउँमा गएर यो समस्या सुनाएँ । तर अहिलेसम्म समाधान भएको छैन ।
गाउँमा करिव ८० घरधुरी रहेका छन् । अधिंकाशंसँग मोवाइल छन् । मोवाइललाई गित सुन्नको लागि मात्र प्रयोग गर्ने गरेको स्यानीय राजकुमार रानाले वताए । घाँस दाउरा जाँदा गित सुन्नु वाहेक केही काम छैन, मोवाइलको रानाले थपे । कसैलाई फोन गर्नुपरे माथि डाँडातिर या भालुवाङ,चन्द्रौटा पुग्नुपर्ने समस्या रहेको रानाले गुनासो पोखे । उता चुनावमा जिताएर पठाएका नेताहरु पनि यस ठाउँमा संचारको पहँुच हुनुपर्छ भन्ने कुरा विभिन्न कार्यक्रममा राख्दै आएका छन् ।
धानखोलामा संचारको पहुँच पु¥याउनुपर्छ । त्यसका लागि विभिन्न वैठकमा कुरा उठाएको शिवराज नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जिवन खड्काले वताए । कपिलवस्तुको ऐतिहासिक ठाउँ समेत रहेको धानखोलामा मोवाइल तथा संचारको पहुँच नहुनु दुखद् कुरा रहेकोले त्यसको लागि जस्तोसुकै कदम चाल्नुपरे पनि तयार रहेको खड्काले बताए ।
त्यस्तै शिवराज नगरपालिकाका प्रमुख लगायतको टिमसँग यो विषयमा विशेष छलफल समेत भएको अध्यक्ष खड्काले दावी गरे । त्यस्तै शिवराज नगरपालिकाले पनि नगरभित्रका सवै टोल टोलमा संञ्चारको पहँुच पु¥याउन प्रतिवद्ध रहेको बताएको छ ।
नगरका प्रमुख नेत्रराज अधिकारीले धानखोलाको विषयमा जटिल समस्या रहेकोले यसलाई नगरपालिकाले नेपाल टेलिकम एनसिएल लगायतसँग समन्वय गरी समस्या समाधान गर्ने वताए । कपिलवस्तुसँगै छिमेकी जिल्ला दाङ, अर्घाखाँचीले पनि यस विषयलाई गम्भिर रुपमा ल्याई समाधान गर्नुपर्ने देखिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *