यस्तो चमत्कारीक सर्प जसमा दैविक शक्ति देखेपछि दर्शन गर्नेको ओईरो [ भिडियोसहित हेरनुहोस् ]

२०७५ पुष २३, सोमबार २०:३६ गते २०७५ पुष २३, सोमबार २०:३६ गते २०७५ पुष २३, सोमबार २०:३६ गते

काठमाडौ । हिन्दु धर्ममा सर्पलाई विशेष महत्वको साथ हेर्ने गरिएको छ । सामान्यतया सर्प भन्ने वित्तिकै हाम्रो आङ सिरिङ्ग हुनेगर्छ। त्यसमाथि कोब्रा सर्पको त कुरै नगरौं । कोब्रा देख्ने वित्तिकै मुटुले ठाउँ नै छोड्न थाल्छ । तर, भारतको कर्नाटकस्थित चिकमंगलुरुको होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प देखेपछि गाउँलेको भीड लागेको खबर आएको छ ।

चमत्कारी भन्दै त्यहाँका गाउँलेहरु कोब्राको पूजा आराधना गर्न थाले । समाचारमा बताइएअनुसार शीरमा सुनौलो रङको प्रकाश देखेपछि कोब्रा हर्नेको भीड लागेको हो । अहिले भारतका सोसल मिडियामा उक्त सर्पको भीडीयो भाइरल बनाइएको छ । भीडीयोमा सर्प नजिकै एउटा कुकुर भुक्दै गरेको छ भने सर्पको टाउकोमा चम्किलो प्रकाश आइरहेको दृश्य देख्न सकिन्छ ।

समाचारका अनुसार होलमाकी गाउँका स्थानीय अविनाशको कुकुर खेतमा गएर अचानक भुक्न थाल्यो । खेतमा गाईवस्तु आएको भन्दै अविनाश खेततिर गए । त्यहाँ उनले कोब्रा जातको अनौठो सर्प देखे । उनले सर्पको नजिकै कुकुर भुक्दै गरेको दृश्य कैद गरे । लगत्तै उनले उक्त भीडीयो सोसल मिडियामा सार्वजनिक गरेका थिए । तर, सर्प विशेषज्ञका अनुसार त्यहाँ कुनै चमत्कारी नभइ कुनै प्रजातिको सर्पको टाउकोमा प्रकाश देखिने गर्छ । खेतमा आएको सर्पमा पनि त्यही प्रकाश देखिएको हो ।

एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed