माननीय’हरु कतिको पढ्छन्? संसदको लाइब्रेरीको रेकर्ड भन्छ, ‘३३४ मध्ये १६ सांसदमात्र पुगे लाइब्रेरी’

२०७५ पुष २३, सोमबार २१:३० गते २०७५ पुष २३, सोमबार २१:३० गते २०७५ पुष २३, सोमबार २१:३० गते

काठमाडौं: देशको नीति निर्माणको मुख्य जिम्मेवारी सांसदहरुको हुन्छ। नीति निर्माणकर्ताहरुले अध्ययन गर्नु आवश्यक हुन्छ।

जनताले मतदान गरेर सांसदहरुलाई नीति निर्माणकै लागि पठाए पनि कतै–कतै नेपाली सांसदहरु विकास निर्माणसँग पनि जोडिएका छन्। तर पनि नियम–कानूनको मुख्य स्रोत संसद नै हो। संसदले नै बनाएको नियम–कानूनले मुलुक चल्छ।

नियम–कानून निर्माणको मुख्य जिम्मेवारी पाएका हाम्रा देशका सांसदहरुले कति पढ्छन् त?

उनीहरु कति अध्ययनशील छन्?

यस विषयमा आधिकारिक कुनै तथ्याङ्क छैन। सांसदहरुलाई पढ्नका लागि संघीय संसद सचिवालयमा लाइब्रेरीको व्यवस्था गरिएको छ। जहाँ हजारौं पुस्तक राखिएको छ। विभिन्न विषयका नयाँ तथा पुराना पुस्तकहरु संसदको लाइब्रेरीमा पाइन्छ।

लाइब्रेरीमा सांसदहरु कतिको जान्छन् त?

उक्त लाइब्रेरीको तथ्यांक अनुसार कुल ३ सय ३४ सदस्यीय संघीय संसदका १६ जना सांसदमात्र लाइब्रेरी प्रवेश गरेको लाइब्रेरीको पुस्तिकाले प्रमाणित गर्छ। वर्तमान संसद गठन भएपछि जम्मा १४ जना सांसदले पढ्नका लागि पुस्तक लगेको रेकर्ड छ।

लाइब्रेरीको सांसद आगन्तुक पुस्तिकामा २०७४ फागुन २७ गतेदेखि सोमवारसम्म जम्मा १६ जना सांसद र सम्बन्धित व्यक्ति गरी ६२ पटक लाइब्रेरी गएका छन्।

लाइब्रेरी पुग्ने १६ जना सांसद मध्ये १३ जना नेपाल कम्युनिष्ट पार्टीका छन् भने ३ जना मात्र कांग्रेसका सांसद छन्।

पुस्तक लग्ने १४ जना सांसदमध्ये ६ जना राष्ट्रिय सभाका र ९ जना प्रतिनिधि सभाका सांसदहरु छन्।

यसै तथ्यांकबाट अनुमान लगाउन सकिन्छ हाम्रा माननीयहरु कतिका अध्ययनशील छन् त? अहिले संघीय संसदको हिउँदे अधिवेशन अर्थात विधेयक अधिवेशन चल्दैछ। विधेयकहरु धमाधम संसदमा छिनोफानो गर्ने अवस्थामा छ। तर सांसदहरुको त्यस विषयप्रति रुचि नदेखिएको यो लाइब्रेरीको तथ्यांकले देखाउँछ।

लाइब्रेरीको रेकर्डअनुसार राष्ट्रिय सभा(रास) र प्रतिनिधि सभा (प्रस)का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस (नेका)का सांसदहरु

१) रामचन्द्र राई (रास–नेका)

२) शक्तिबहादुर बस्नेत (प्रस–नेकपा)

३) खगराज अधिकारी (प्रस–नेकपा)

४) सत्या पडाडी (प्रस–नेकपा)

५) कविता बोगटी (रास–नेकपा)

६) राधेश्याम अधिकारी (रास–नेका)

७) दीपा गुरुङ (रास–नेकपा)

८) पार्वती रावल (रास– नेकपा)

९) सूर्य पाठक (प्रस–नेकपा)

१०) परशुराम मेघी गुरुङ (रास–नेकपा)

११) ठगेन्द्र प्रकाश पुरी (रास–नेकपा)

१२) डा. पुष्पा कर्ण (प्रस–नेकपा)

१३) अग्निप्रसाद सापकोटा (प्रस–नेकपा)

१४) कमला रोका (प्रस–नेकपा)

१५) प्रकाश पन्थ (रास–नेका)

१६) शेरबहादुर कुवर (रास–नेकपा)

 

पुस्तक लगेर पढ्ने राष्ट्रिय सभाका सदस्यहरु

१) प्रकाश पन्त

२) दुर्गाप्रसाद उपाध्याय

३) बद्रीप्रसाद पाण्डे

४) दिनानाथ शर्मा

५) कालीबहादुर मल्ल

६) कविता बोगटी

 

पुस्तक लगेर पढ्ने प्रतिनिधि सभाका सदस्यहरु

१) डा.सुरेन्द्र कुमार यादव

२) सुरेशकुमार राई

३) सूर्यप्रसाद पाठक

४) अफिलाल ओखेडा

५) डा.दीपकप्रसाद भट्ट

६) देवप्रसाद गुरुङ

७) सरिता गिरी

८) नवराज सिलवाल

९) धर्मशिला चापागाई

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed