सिरीया घटनाको विरोध गर्दै सिसा नेपालले भन्यो–मानवता विरोधि कार्य तत्काल बन्द गर

२०७४ फाल्गुन १५, मंगलवार १३:५९ गते २०७४ फाल्गुन १५, मंगलवार १३:५९ गते २०७४ फाल्गुन १५, मंगलवार १३:५९ गते

पार्वति बस्नेत
घोराही, फागुन १५ ।

महिला तथा बालअधिकारका क्षेत्रमा काम गर्ने संस्थाले सिरिया घटना प्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ ।
सिसा नेपाल दाङले आज पत्रकार सम्मेलनको आयोजना गरी सिरिया घटनाले बालबालिकाहरुको नैर्सर्गिक अधिकारको हनन भएको भन्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ।

सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिद्धीकीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यमा सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्दै सिद्धिकीले कुनैपनि देशमा युद्ध हुदैछ भने बालबालिका तथा महिला सुरक्षा नितिलाई बिशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो साथै अशान्ति मच्चायर कहिलेपनि शान्ति स्थापना हुन नसक्ने भन्दै महिला तथा बाल संरक्षण निति अबलम्बनका साथ काम गर्न जरुरी रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै सिद्धिकीले मानबअधिकारका सवालमा काम गर्ने सम्पुर्ण संघसंस्था लगायत सबैले सिरिया घटनाको सवालमा एकबद्ध भयर आवाज उठाउन जरुरी रहेको बताउनुभयो । आज पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण सिसा नेपाल दाङका कार्यक्रम संयोजक कृष्ण चौधरीले गर्नुभएको थियो ।
संयुक्त राष्ट्र संघको प्रस्ताबलाई अस्विकार गरेको आरोप लगायको बिद्रोही संगठन जैस अल ईस्लामले बिगत ८दिनमा नै सिरियामा ५सय भन्दा बढि बालबालिकाहरुको हत्या गरिसकेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *