पत्नीलाई विवाहको केही वर्षपछी आफ्नो दिमागमा
केही कुराहरु आयो कि यदि उनले आफ्नो पतीलाई
छोडेर गइन भने उसले कस्तो महसुस गर्छ होला
यो विचार गर्न उनले एउटा कागजमा लेखिन
“अब म तिम्रो साथमा बस्न सक्दिन,
म दिक्दार भइसके तिम्रो साथमा बस्दा बस्दा ,
म घर छोडेर जादैछु संधैको लागि ”
र त्यो कागजलाई उनले एउटा टेबलमा राखिन
अनी जब उसको पति आउने समय भयो
तब पतिको प्रतिक्रिया बुझ्नको लागि उनी टेबल मुनि लुकिन ।
पति आएर टेबलमा राखिएको कागज पढ्न थाल्यो
केहिबेर को मौनता पछि उसले त्यो कागजमा केही लेख्यो
अनि त्यही टेबलमा राख्यो त्यसपछी उ खुशिले उफ्रदै कराउन थाल्यो ,
गित गाउन थाल्यो , डान्स गर्न थाल्यो
केहिबेरपछि कपडा बदल्न गयो अनी उसले आफ्नो फोनबाट कसैलाई
फोन लगायो र भन्यो – “आज बाट म मुक्त भए ,
सायद मेरी मूर्ख पत्निलाई थाहा भयो कि
उ मेरो लायकको थिइन त्यसैले
उसले आज मलाई संधैको लागि छोडेर गइ
अब म स्वतन्त्र छु तिमिलाई भेट्नको लागि
म आउदैछु कपडा बदलेर
तिमी तयार भएर मेरो घर छेउको पार्कमा अहिले नै आउ”
यती भनेर पति बाहिर निस्कियो
अनी गहभरी आँशु खसाल्दै पत्नी टेबलको मुनिबाट निस्किइन र
काप्दै गरेको हातले त्यो कागज टिप्दै पढ्न थालिन ,
जसमा लेखिएको थियो
“तिमी लुक्दा टेवलको तलबाट खुट्टा देखिरहेको छ ,
म नजिकैको पार्कको छेउमा रहेको पसलबाट
ब्रेड लिएर आउदैछु तबसम्म चिया बनाइहाल्नु ल ?
मेरो जिन्दगीमा खुशी तिम्रो साथ निभाउनुमा छ
आधा तिमिलाई सताउनुमा छ ,
आधा तिमिलाई मनाउनुमा छ ।
तपाइलाई यो कथा मन परे साथीको लागि सेयर गर्नुहोस: अमेरिका नेपाल बाट
Views: 0