१. पायल्स (piles) भनेको के हो ?
२. Internal र external piles (पायल्स)/ hemorrhoids (हिमोरइड) मा के फरक छ ?
३. पायल्स (piles)/hemorrhoid (हिमोरइड) का लक्षणहरु के के हुन?
४. Fissure र पायल्स (piles)/hemorrhoid (हिमोरइड) मा के फरक छ ?
५. पायल्स (piles)/hemorrhoid (हिमोरइड) उपचार कसरी गर्ने?
६. मेरो दिसा गर्दा रगत आउछ के कारण होला? के गर्ने होला ?
७. पायल्स (piles)/hemorrhoid (हिमोरइड) को अप्रेसन गर्दा झन् cancer हुन्छ भनेको सुनेको छु l के यो सत्य हो ?
८. के एक पटक भएको पायल्स (piles)/hemorrhoid (हिमोरइड) अप्रेसन पछि पनि आउने सम्भावना रहन्छ?
९. पायल्स (piles)/hemorrhoid (हिमोरइड) हुनै नदिने उपाय के हुन?
१०. Fiber युक्त खाना के के हुन?
————————–
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
@Talk2Kalyan
————————–
१. पायल्स (piles) भनेको के हो ?
— अंग्रेजी भाषामा pile भन्नाले जम्मा भएको वा थुप्रो हुन्छ l अब रोगको नाम piles वा प्रचलित मेडिकल भाषामा भनिने hemorrhoids (हिमोरइड) को बारेमा चर्चा गरौँ l (पोष्टको चित्र हेर्नुहोस: बाँसको ढुङ्ग्रालाई ठाडो बिचमा चिरेर हेर्दा देखिने भित्रको आधा भाग जस्तै गरी गुरुद्वारलाई ठाडो बिचमा चिरेर देखाईएको आधा भाग हो)l दिसा बाहिर आउने ठाउँ (गुरुद्वार) को भित्रपट्टि भागमा रगतका नलीहरुबाट (चित्रमा रातो धर्सो) माथि देखि तलसम्म रक्तसंचार भएको हुन्छ l यी रक्तनलीका बाहिर कोषहरुका तह हुन्छन् (चित्रमा माथिल्लो निलो र तल्लो खैरो धर्सो) l जब बर्षौंसम्म अति मोटोपन या खानामा fiber को कमीले या अन्य कारणले कब्जियेत (constipation) हुन्छ या दिसा गर्न अप्ठ्यारो हुन्छ, धेरै कनेर दिसा गर्नु पर्ने हुन्छ, गर्भवती हुँदा गुरुद्वारको भित्रि भागमा असर हुन्छ या अत्यधिक diarrhea हुन्छ तब ति रक्तनली बाहिरका कोषहरू सुन्निन थाल्छ, रक्तनली झोल्लिन थाल्छ l यो प्रक्रिया लामो समय (बर्षौ सम्म) रहयो भने मासु पलाएको जस्तो गरी गुरुद्वार बाहिर आउन थाल्छ, झोल्लिन्छ, थुप्रो परेर बसेको जस्तो देखिन्छ जसलाई piles/ hemorrhoid (हिमोरइड) भनिन्छ l
२. Internal र external piles (पायल्स)/ hemorrhoids (हिमोरइड) मा के फरक छ ?
— (पोष्टको चित्र हेर्नुहोस) गुरुद्वारको माथिल्लो भाग (चित्रमा तेर्सो/horizontal सुन्तला रंगको रेखा/ dentate line भन्दा माथि) मा हुने piles (पायल्स)/hemorrhoids (हिमोरइड) लाई internal piles (पायल्स)/ hemorrhoids (हिमोरइड) भनिन्छ l Dentate line भन्दा तल हुनेलाई external piles (पायल्स)/hemorrhoids (हिमोरइड) l उक्त रेखा (dentate line) भन्दा माथि internal hemorrhoid बन्ने ठाउँमा पोलेको, घोंचेको, तन्किएको वा कुनै पनि किसिमको दुखाईको संकेतहरु गुरुद्वारबाट दिमागमा लैजाने नसाहरु हुँदैनन् जसले गर्दा यो भागमा दुखाईको महसुस हुँदैन (चित्रमा निलो रेखा) l तर गुरुद्वारको तल्लो भागमा भने हाम्रो शरीरको बाहिरी छालामा भएको जस्तै दुखाई महसुस हुने नसाहरु हुने गर्छन् (चित्रमा खैरो रेखा) l त्यसैले गर्दा internal hemorrhoid दुख्दैन र external hemorrhoid दुख्छ l
— Internal hemorrhoid चार किसिमका हुन्छन l Grade 1: गुरुद्वारभित्रै हुने सानो हुनाले बाहिर ननिस्कने (चित्रमा Internal 1 )। Grade 2: दिसा गर्दा बाहिर निस्कने त्यसपछि आँफै भित्र जाने । Grade 3: भाहिर निस्कने तर धकेलेर भित्र घुसाउन सकिने । Grade 4: सँधै बाहिर हुने, धकेलेर भित्र पसाल्न नसकिने (चित्रमा Internal 4 ) ।
— External hemorrhoid: यो सँधै बाहिर रहन्छ l अति सारो दुख्छ।
३. पायल्स (piles)/ hemorrhoid (हिमोरइड) का लक्षणहरु के के हुन?
— दिसा गर्दा दुख्ने, रगत आउने (कालो आएको भए आन्द्राको माथिल्लो भागतिर वा पेटतिरबाट आएको हुनसक्छ), चिलाउने, सुन्निने, दिसा चुहिएको जस्तो हुने, दिसा खलास राम्रोसंग नहुने, मासु पलाएको जस्तो झोल्लिने आदि।
४. Fissure र पायल्स (piles) / hemorrhoid (हिमोरइड) मा के फरक छ ?
— कारक तत्व र लक्षणहरु दुबैमा प्राय एकै खाले हुन्छन् । अंग्रेजी भाषामा Fissure भनेको धाँजा फाट्नु वा चिरा पर्नु भनेर बुझिन्छ। गुरुद्वार नजिक (ब्लेडले काटेको जस्तो) चिरा पर्नुलाई “एनल फिसर” भनिन्छ। Fissure मा hemorrhoid मा जस्तो मासु झोल्लिने हुँदैन।
५. पायल्स (piles)/ hemorrhoid (हिमोरइड) उपचार कसरी गर्ने?
— उपचार व्यक्तिको लक्षणमा भर पर्छ l यदि रगत आएको छैन र दुख्दैन पनि भने diet परिबर्तन गर्ने (खानामा fiber को मात्रा बढाउने), constipation हुन नदिने l
— रगत आउँछ र दुख्छ भने डाक्टरकोमा गएर कस्तो किसिमको पायल्स (piles) वा hemorrhoid (हिमोरइड) हो भनेर पत्ता लगाउने l याद गर्नुस् जुन कारणले पायल्स (piles)/hemorrhoid (हिमोरइड) भएको हो सोहि कारणले आन्द्रामा अन्य
Views: 0