(सागर थापा दाङ)

फाल्गुन १६ दाङ

हाेली पर्वलाई मद्यनजर गर्दै ६. नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेतले होलि पर्वमा उछ्रिङ्कल गतिविधि नगर्न र मर्यादित साथ मनाउन ५. नम्बर प्रदेश प्रहरी प्रमुख रण बहादुर चन्दले ६. नम्बर प्रदेश भित्रका सबै प्रहरी प्रमुख हरुलाई आग्रह गर्नु भएको छ। होली मनाउन नाममा जबर्जस्ती रङ दल्ने,लोला हाल्ने,मादक पद्धार्थ सेवन गरेर गाडि चलाउने,होहल्ला गर्ने र अपराध सिर्जना गर्ने जो कोहिलाई पनि कानुन अनुसार कार्वाहि गरिने प्रहरीले चेतावनि दिएको छ।

साथै इच्छा विपरित रङ दल्ने,टाउकोमा अण्डा फोड्ने र ब्याट्रीको कालो दल्ने समेतलाई कानुनि दाएरामा ल्याउने प्रहरीले जनाएको छ। आत्मिएता र सध्भाव फैलाउने गरि पर्बलाई मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि उछ्रिङ्कल कार्य हुने देखिएमा र भएमा प्रहरीलाई १०० नम्बरमा फोन गरेर सघाउन समेत सबैमा अपिल गरेका छन । यस बर्षको होलि पर्व भोलि पहाडि क्षेत्र र पर्सि तराई क्षेत्रमा मनाउने चलन रही आएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *