हिन्दू ग्रन्थहरूमा श्रीमद्भगवतगीताको नै जयन्ती किन मनाइन्छ ?

२०७५ पुष २७, शुक्रबार १४:१० गते २०७५ पुष २७, शुक्रबार १४:१० गते २०७५ पुष २७, शुक्रबार १४:१० गते

काठमाडौं ।  हिन्दू ग्रन्थहरू मध्ये श्रीमद्भगवतगीताको जयन्ती  मनाइन्छ । अन्य ग्रन्थ मानिसद्वार लेखिएको वा संकलित गरिएको भएता पनि गीताको जन्म स्वयं श्री भगवानको श्री मुखबाट भएको मानिन्छ ।

हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ । अगहन (मार्गशीर्ष) मासको शुक्ल पक्षको एकादशी जसलाई ‘मोक्षदा’ एकादशी भनिन्छ । सोहि दिन श्रीमद्भगवतगीताको जयन्ती मनाइन्छ ।   जुन काल, धर्म, सम्प्रदाय जाति विशेषको लागि नभएर सम्पूर्ण मानव-जातिको लागि हो ।   यो दिनलाई नेपाल तथा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दु धर्मावलम्बीहरूले पर्वको रुपमा मनाउने गर्दछन् ।

वेद र उपनिषदहरुको सार बाहेक मानिसलाई यस लोक र परलोक दुवैमा मंगलमय मार्ग देखाउने ग्रन्थ हो गीता  ।  प्राय: अन्य ग्रन्थमा कुनै न कुनै सांसारिक विषय जोडिएको हुन्छ तर श्रीमद्भगवतगीताको एकै शब्द पनि सदपदेश पाउन सकिन्छ ।  पद्मपुराणको एउटा प्रसङ्गमा भगवान श्रीकृष्ण धर्मराज युधिष्ठिरसित भन्नुहुन्छ- मार्गशीर्ष शुक्ल एकादशीका दिन तुलसीको मंजरी, धूप-दीप आदिद्वारा भगवान दामोदरको पूजन गर्नुपर्छ। मोक्षदाएकादशी ठूला-ठूला पातकहरूको नाश गर्ने सामर्थ्य राख्दछ। यस दिन उपवास गरेर श्रीहरिको नाम-संकीर्तन, भक्तिगीत, नृत्य गर्दै रात्रिकालमा जागरण गर्नुपर्छ। मार्गशीर्ष शुक्ल एकादशीका दिन कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएको हो।

अत: यो तिथि गीता जयंतीका नामबाट पनि विख्यात छ। यस दिनदेखि गीता-पाठको अनुष्ठान प्रारम्भ गर्नुपर्छ तथा प्रतिदिन यथासंभव गीता पढ्नुपर्छ। गीतारूपी सूर्यको प्रकाशद्वारा अज्ञानरूपी अन्धकार नष्ट हुन्छ। भगवान भन्नुहुन्छ, ‘यस एकादशीको एक दिनको पुण्य प्राणीका निम्ति नरकबाट मुक्ति प्रदान गर्ने मानिन्छ।’ यस सन्दर्भमा लीलाधारी श्रीकृष्णले जुन कथा धर्मराज युधिष्ठिरलाई सुनाउनु भएको थियो त्यो प्रसङ्ग उल्लेख गर्न योग्य छ। भगवान भन्नु हुन्छ एकजना वैखानस नाम गरेका राजा थिए उनको राज्यमा सबै सुख-शांतिपूर्वक बस्दथे। योगी, मुनि, सिद्ध, सन्त सहित सबै जीवजन्तु बिना कुनै भय आआफ्ना कर्ममा लिप्त थिए। यी प्रजापालक राजाले एक रात स्वप्नमा आफ्ना पिता नर्कको यातना भोगिरहेको दृश्य देखे। राजा आफ्ना पिताको त्यो अवस्था देखेर छट्पटिए र रातभरि निदाउन सकेनन।

 बिहान क्षितिजमा सूर्यको लालिमा देख्नासाथ उनी ज्ञानी पण्डित र विद्वानको शरणमा पुगे र जेजस्तो स्वप्नमा देखेका थिए त्यो विवरण सुनाए। राजाका कुरा सुनेर पण्डितहरूले उनलाई त्रिकालदर्शी ऋषि पर्वतसमक्ष जाने सल्लाह दिए। राजा पर्वतका कुटीमा पुगे र विनम्रता पूर्वक उनीसित आफ्नो समस्या बताए। राजाको अधीरता र छट्पटीलाई देखेर महाज्ञानी पर्वतले उनलाई भने-हजुरका पिता आफ्नो एउटा गल्तीको सजाय भोग्दै हुनुहुन्छ। उनलाई नरकबाट मुक्त बनाउन हजुरले मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात मोक्षदा एकदशीको व्रत लिनु पर्छ। यस एकादशीको पुण्य हजुरले आफ्ना पितालाई दिनुपर्छ अनि तपाईका पिता नर्कबाट मुक्त हुनु हुनेछ। राजाले विधिपूर्वक एकादशीको व्रत गरे र प्राप्त पुण्य पिताजीलाई अर्पित गरिदिए। राजा वैखानसका पिता यस पुण्यको प्रभावले तुरुन्त नर्कबाट मुक्त भए र स्वर्गमा उनले स्थान प्राप्त गरे।

कुरुक्षेत्रमा अर्जुन भयवित थिए । युद्ध क्षेत्रमा उत्रिएका परिवारका सदस्यहरू, गुरु, भाइहरू, पुत्रहरू र साथिहरू देखेर अर्जुन श्री कृष्णलाई भन्छन्, ‘न म विजय चाहान्छु, न राज्य र सुख सुविधा नै। हे गोविन्द! हामीलाई यस्तोसँग उद्देश्य के  छ वा  यस्तो भोगबाट र जीवनबाट के लाभ छ?’

भयव्याप्त अर्जुन आफ्ना साथी सम्बन्धिलाई देखेर उनि व्याख्या गर्छन्, ‘के हामी आफन्त कुटुम्बलाई मारेर खुशी हुनेछौं ।  यो लालचबाट उब्जिएको एक भ्रष्ट चित्त  हो। लोभमा यी साथीसँग विरोध गर्नमा पाप पनि देख्दैनन् यो भन्दा राम्रो त हामी नै पाप देख्छौं। बंशको नष्ट गर्नाले सनातन कुल धर्म नष्छ हुन्छ । धर्मको विनाशले कुलमा पाप बढ्छ । पाप बढ्नाले कुलका महिलाहरु दुषित हुनेछन् र स्त्री दुषित हुनाले बर्णसंस्कार उत्पन्न हुनेछ । बर्णसंस्कार दुषित हुनाले कुललाई नरकमा लैजान्छ।’

भगवानले अर्जुनको भयलाई हटाउदै भन्नुहुन्छ , ‘तिमी न शोक गर्न योग्य मानिसको लागि शोक गर्दै छौ र  पण्डितबाट बच्न यसो भन्दैछौ । तर जसको प्राण छैन उनिहरुको लागि पनि पण्डितजन शोक गर्दैनन्।’

सम्पूर्ण गीतामा भगवानले जीवन जिउने कला सिकाएका छन् ।  उनले सबै बिन्दुहरूमा प्रकाश पारेका छन् । उनि निस्पृह भाव सिकाउँछन् । उनि कर्म, योग, शान्ति, सबै योग्य तत्वका साथै  मुक्तिको बाटो देखाएका छन् । गीताको सार यहि हो कि योगेश्वर श्रीकृष्णले उपदेश दिएका छन्  । कर्म गर, कर्म गर्नु कर्तव्य हो । तर कर्म निष्काम भावबाट गर्न आवश्यक हुन्छ ।-हाम्राकुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *