संसारमा सबैभन्दा खुशी मानिस त्यो हो जो आफैंसँग सन्तुष्ट हुन्छ (पुरा कथा पढ्नुहोस्)

२०७५ पुष २७, शुक्रबार २२:३५ गते २०७५ पुष २७, शुक्रबार २२:३५ गते २०७५ पुष २७, शुक्रबार २२:३५ गते

एउटा रुखमा एउटा काग बस्थ्यो। त्यो कागलाई भगवानले आफूलाई सबैभन्दा कुरुप पंक्ष बनाए भन्ने लाग्दो रहेछ। एक दिन उक्त काग पानी पिउन कुनै तलाउमा गयो। त्यो तलाउमा एउटा हाँस पनि रहेछ। हाँसलाई देखेपछि कागले के सोच्यो भने म धरै कालो छु, र यो हाँस यति सुन्दर।  यही भएर यो हाँस सायद यो पृथ्वीकै सबैभन्दा सुन्दर पंक्ष होला भन्ने सोच्यो।

काग हाँस भएको ठाउँमा गयो र भन्यो– के तिमी यो पृथ्वीको सबैभन्दा सुन्दर पंक्षी हौ?’ हाँसले भन्यो–म पनि यस्तो सोच्थेँ। जहिलेसम्म मैले सुँगालाई देखिन। सुँगालाई देखेपछि मलाइ के लाग्यो भने यो पृथ्वीको सबैभन्दा सुन्दर पंक्षी सुँगा नै हो।’

काग सुँगा भएको ठाउँमा गयो र भन्यो–के तिमी यो पृथ्वीको सबैभन्दा सुन्दर पंक्षी हौं?’ सुँगाले जवाफ दियो–सुरुमा म पनि यो संसारको सुन्दर पंक्षी ममात्रै होला भन्ने सोच्थेँ। तर जब मैले मयूरलाई देखेँ त्यसपछि मलाइ के लाग्यो भने यो संसारको सुन्दर पंक्षी मयूर हो।’

काग चिडिया घरमा रहेको मयूर भएको ठाउँमा  गयो र हेर्यो। सयौं मानिस मयूरलाई हेरिरहेका थिए। कागले मयूरलाई सोध्यो–के तिमी यो संसारको सबैभन्दा पंक्षी हौ? त्यही भएर तिमीलाई हेर्न सयौं मानिस आउँदा रहेछन्!’

मयूरले भन्यो–मैले सधैं आफूलाई यो संसारको सबैभन्दा सुन्दर पंक्षी ठाने। यही भएर मलाइ यो पिंजडामा कैद गरिएको छ। म खुशी छैन। म आजकल के सोच्छु भने यदि म काग भएको भए आज खुला रुपमा आकाशमा उड्न त पाउँथे।’

हाम्रो जीवन पनि यस्तै भएको छ। हामीलाई के लाग्छ भने हामी भन्दा खुशी त अरु नै छन्। त्यही कारण हामी ती कुराको मजा लिन सक्दैनौं जुन कुरा हामीसँग छ। संसारका सबै मानिससँग अन्य मानिसको भन्दा केही करा कम त केही कुरा धेरै हुन्छन्। संसादमा सबैभन्दा खुशी त्यही मानिस हुन्छ जो आफूमाथि नै सन्तुष्ट हुन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *