आईएमई मोबाईल एप्सको प्रयोगकर्ता बढ्दै

२०७४ फाल्गुन १६, बुधबार १२:१७ गते २०७४ फाल्गुन १६, बुधबार १२:१७ गते २०७४ फाल्गुन १६, बुधबार १२:१७ गते

जीतसागर जीएम
घोराही, १६ फागुन ।

दाङको घोराहीमा संचालन भएको महोत्सवमा आइएमई ग्रुपको स्टलमा करिब १६ सय बढीले अवलोकन गरेका छन् । आइएमई ग्रुपको स्टलमा दैनिक १५० जनाले स्टलको अवलोकन गरेको ग्रुपले जनाएको छ ।

ग्रुपको स्टलमा ११ दिनसम्म १ हजार ६ सय ५० जनाले अवलोकन गरेका छन् । आइएमई ग्रुपको स्टलमा आउने सेवाग्राहीलाई आईएमईको सेवा, कस्टमरकार्डको उपयोगीताका बारेमा जानकारी दिएको ग्रुपका राप्ती अञ्चल प्रमुख सोमलाल लिम्बु नेम्वाङले बताउनुभयो । उहाँले ग्रुपको स्टलमा दैनिक रुपमा आउने सेवाग्राहीलाई क्याप, पेन र किरीङ वितरण गर्दै कम्पनीको उपहार योजनाबारे जानकारी दिएको बताउनुभयो ।

ग्रुपका बारेमा फ्लेलरका माध्यमबाट पनि सेवासुविधाको जानकारी दिएको प्रमुख नेम्बाङले बताउनुभयो । प्रमुख नेम्बाङले मोवाईल एप्स आईएमई पेको प्रयोगकर्ता बढ्दै गएको भन्दै एप्सको बारे जानकारी दिनुभयो । एप्सका माध्यमबाट मोवाईल रिचार्ज गर्न सकिने, विद्युतको विल तिर्न सकिने लगाएतका सुविधा भएकोले यसको उपयोगिताकाबारे सेवाग्राहीलाई जानकारी दिनुभयो ।

त्यस्तै चन्द्रागीरी हिल्सको टिकट पनि मोवाईल एप्स आईएमई पेबाटै खरिद गर्न सकिने बताउनुभयो । आर्र्ईएमई ग्रुपको स्टल अवलोकन गर्दै आईएमइ कम्पनीका अध्यक्ष तथा वाणिज्य महाँसघका राष्ट्रिय उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दाङ स्रोत र साधनले भरिपुर्ण भएकोले त्यसलाई परिचालन गर्न सके आर्थिक विकासमा छलार्ङ मान सकिने बताउनुभयो ।

उहाँले जिल्लामा औद्योगिक क्षेत्रको विकास आवश्यक भएकोमा पनि जोड दिदै औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बताउनुभयो । आईएमई ग्रुपको अवलोकन ग्रुपका अध्यक्ष ढकाल सहित केन्द्रिय सदस्यहरु, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल लगाएतले गर्नुभएको थियो ।

सोही स्टलमा आईएमइ लाईफ इन्स्युरेन्स घोराही शाखा प्रमुख दिपेन्द्र रावलले इन्सोरेन्सको प्रोटक्टबारे जानकारी दिनुभयो । त्यस्तै आईएमई जनरल ईन्सोरेन्स आईजीआई घोराही शाखाका प्रमोदप्रसाद धितालले ननलाईफ इन्सोरेन्सकाबारेमा सुरक्षाकर्मी लगाएत सेवाग्राहीलाई जानकारी दिनुभयो ।

ग्रुपको स्टलमा सेवाग्राहीलाई आईएमई अपरेटिभ सर्भिस प्रालिका इन्चार्ज माधव केसीले कम्पनीको सेवाबारे जानकारी गराउनुभएको थियो । ११ दिन सम्म संचालन भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव राखिएको आईएमई ग्रुपको स्टलमा आईएमई अटोमोवाईलसका घोराही शाखा प्रमुख विपिन आचार्यले अशोक लेलैण्ड ब्राण्डको गाडी उत्कृष्ट भएको प्रष्ट पार्नुभयो ।

स्टलमा स्ट्रङ एफएसडी मोडेलको एक थान बिक्रि भएको थियो । अठार लाख २० हजार मुल्य रहेको गाडीको चावी खरिदकर्ता लिखिराम चौधरीलाई  शाखाका सेल्स अफिसर जंगदिप शाहीले हस्तन्तरण गर्नुभएको ग्रुपले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *