यसरी बनाउनुस् जाडोमा चिसो फाल्ने खसीको खुट्टाको सुप! सजिलो अचुक तरिका ।

२०७५ पुष २९, आईतवार १४:३६ गते २०७५ पुष २९, आईतवार १४:३६ गते २०७५ पुष २९, आईतवार १४:३६ गते

चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । अधिकांशले यो परिकार मन पनि पराउँछन् । घर–घरमा पाक्ने खसीको खुट्टाको सुप आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । तरिका सजिलो पनि छ ।

सेफ कार्कीले पकाउने तरिकाबारे जानकारी दिएका छन् :

सामग्री/प्रतिव्यक्ति

पिस पारेको एउटा खसीको खुट्टा

थिचेको अदुवा २० ग्राम

थिचेको लसुन ३० ग्राम

थिचेको हरियो खुर्सानी दुई पिस

छाटा मुगी १०० ग्राम

नुन स्वादअनुसार

एक चिम्टी ज्वानो

ठूलो एक चम्चा बटर

पानी एक बाउल

खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । यसलाई त्यत्तिकै खाने चलन छ । आफ्नै घरमा सजिलै बनाउन सकिने यो परिकार बुढाबुढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ । भातसँग पनि खान सकिन्छ ।

बनाउने विधि

आगोमा कुकर बसाल्नुहोस् र बटर राख्नुहोस् ।

बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् ।

खसीको खुट्टा राख्नुहोस् । भुट्न नछोड्नुहोस् ।

थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् ।

तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् ।

दुई–तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस् ।

स्वादअनुसार नुन राखिदिनुहोस् । यसमा अन्य मसला जा“दैन ।

अब कुकरको बिर्को बन्द गरेर तीन–चार सिट्ठी लगाइदिनुहोस् ।

आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस् ।

अब कुकरबाट निकालेर खसीको खुट्टाको सुप खानका लागि तयार भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *