कपाल कालो बनाउने एक तत्व हुन्छ, जसलाई मेलानिल पिगमेन्ट (प्राकृतिक रंग द्रव्य) भनिन्छ।
उमेर बढ्दै जाँदा यसको कमी हुँदै जान्छ। अनि फुल्छ कपाल। यद्यपी आजभोली उमेरमै (किशोरावस्थादेखि नै) कपाल फुल्ने समस्या देखिन थालेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
किन फुल्छ कपाल ?
शरीरमा प्रोटिन, आइरन, भिटामिन बी, जिंकजस्ता पोषण तत्वको कमी हुँदा पनि कपाल फुल्छ।
आमाबुवा वा परिवारका अन्य सदस्यमा सानै उमेरमा कपाल फुल्ने समस्या भएमा छोराछोरीलाई समेत यो समस्या देखिनसक्छ।
रसायनयुक्त बस्तु, जस्तै रङ, मेहदी, स्याम्पु आदिको कारणले पनि कपाल फुल्न सक्छ।
के हो समाधान ?
नरिवलको तेलमा कागतीको रस मिसाएर मसाज गर्ने।
कपालमा नियमति बदाम र नरिवलको तेल लगाउँदा पनि कपाल फुल्न कम हुन्छ। यसबाट कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट पनि बच्न सकिन्छ।
अमलाको रस निरन्तर कपालमा लगाएमा सेतो कपाल कालो हुन्छ।
काँचो मेवा र काँचो तिलको रसले पनि कपाल कालो बनाउन मद्दत गर्छ।
Views: 0