ओमप्रकाश गुप्ता
देउखुरी १६ फागुन । मगर समुदायहरुले विभिन्न कार्यक्रम गरी मंगलबार ३६ औं मगर दिवस मनाएका छन् । नेपाल मगर संघको स्थापनाको दिनलाई मगरहरुले दिवसकै रुपमा मनाउने गर्छन् । समानता सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाज सहितको देश निर्माण अभियानमा टेवा र्पुयाउने उद्देश्य सहित २०३९ साल फागुन १५ गते नेपाल मगर संघ स्थापना भएको हो ।दिवसको अवसरमा प्युठानको सरुमारानी गाउँपालिकाको बड्डाडामा पनि मगर दिवस मनाइएको छ । नेपाल मगर संघ सरुमारानी गाउँपालिकाको आयोजना एवम् गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । संघका अध्यक्ष सन्तबहादुर दर्लामीमगरको अध्यक्षता एवम् संघका प्युठान जिल्ला सदस्य देवीराम पुन मगरको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा राजनितिकदलको तर्फबाट गुप्तबहादुर रानामगर, सरुमारानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भिमबहादुर मस्याङदीमगर,समाजसेवी तथा बुद्धिजिवी लेखतबहादुर रानामगर, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता , पत्रकार जमिर शाहा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका उपाध्यक्ष नुमबहादुर खाम्चा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका सचिव किसन सारुमगरले गरेका थिए । कार्यक्रममा विभिन्न भेषभूषा, झाँकी प्रदर्शन तथा साँस्कतिक कार्यक्रम र खेलकुद प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।
Views: 0