प्रशासनको निर्णयलाई हस्तक्षेप गरी लमहीनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतद्धारा घुम्ती मिल सचालकलाई इजाजत प्रदान

२०७४ फाल्गुन १६, बुधबार १४:११ गते २०७४ फाल्गुन १६, बुधबार १४:११ गते २०७४ फाल्गुन १६, बुधबार १४:११ गते

ओमप्रकाश गुप्ता
देउखुरी १६ फागुन । लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जिल्ला प्रशासन कार्यालय दाङको निर्णयलाई हस्तक्षेप गर्दै लमहीका एक व्यावसायीलाई घुम्ती मिल सञ्चालनको ईजाजत दिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङमा गत पुष १६ गते सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यको अध्यक्षतामा बसेको मिल व्यावसायी तथा सम्बन्धीत सरोकारवालाको बैठकले घुम्ती मिल सञ्चालन नगर्ने निर्णय गरेको भए पनि त्यसको १२ दिन पछि लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लमही नगरपालिका वडा नम्बर २ का गर्भु चौधरीलाई सुन्दरी घुम्ती मिल सञ्चालनको लागी ईजाजत दिएका छन् । सुन्दरी घुम्ती मिलको ईजाजत नम्बर ३ लेखिएको छ । गत पुष १६ गते जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले कृषि मन्त्रालयको ५० प्रतिशत अनुदान प्राप्त गरी किसाहरुद्धारा सञ्चालनमा ल्याएका घुम्ती मिलको ईजाजत सम्बन्धमा घरेलु तथा साना उद्योग विभागको २०७२ साल असोजको १८ गतेको विभागको चलानी नम्बर १२२० को परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय दाङले घरेलुमा दर्ता बाहेकका मिल सञ्चालन नगर्ने भनि निर्णय गरेको छ । तर लमही नगरपालिकाले भने निर्णय भएको डेड हप्ता पछि घुम्ती मिल सञ्चालनको अनुमती दिएको हो । सो बिषयमा जानकारी लिदा लमही नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले देउखुरी उद्योग वाणिज्य संघमा व्यावसाय दर्ता भएको आधारमा घुम्ती मिल सञ्चालनको ईजाजत दिएको र जिल्ला प्रशासनको निर्णयपछि आफुले अरुलाई ईजाजत नदिएको बताएका छन् । लमही नगरपालिका २ का गर्भु चौधरीले लमही नगरपालिकाले आफुलाई घुम्ती मिल सञ्चालनको अनुमति दिएकोले आफुले निर्बाध रुपमा घुम्ती मिल सञ्चालन गर्न पाउनु पर्ने बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *