गाउँपालिकाको पञ्चवर्षिय उद्यम विकास तर्जुमा गोष्ठी

२०७४ फाल्गुन १६, बुधबार १४:१९ गते २०७४ फाल्गुन १६, बुधबार १४:१९ गते २०७४ फाल्गुन १६, बुधबार १४:१९ गते
?

ओमप्रकाश गुप्ता
देउखुरी १६ फागुन । दुई दिने राप्ती गाउँपालिकाको पञ्चवर्षिय उद्यम विकास योजना तर्जुमा गोष्ठी बुधवार मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आयोजना,लघु उद्यम विकास कार्यक्रम, क्षेत्रिय कार्यक्रम सहयोग कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा भएको गोष्ठिमा गाउँपालिकाका ९ वटै वडाहरुमा उद्यमताको सम्भाब्यता, उद्यम विकासको हक, आगामी ५ वर्षमा भएको उपलब्धी, वित्तिय सेवा प्रदायकको पहिचान, उद्यम विकासका चुनौती र समस्या, बजार विश्लेषण र बजारीकरणका चुनौतिहरु, स्थानिय स्तरमा पाइने श्रोत साधनको संभावना, स्थानीय स्तरमा पाइने धार्मीक तथा पर्यटकीय स्थलमा आधारित श्रोत साधनको पहिचान गरिएको थियो ।
कार्यक्रममा राप्ती गाउँपालिकाका ९ वटै वडामा उद्यम विकासको लागि सम्भाब्यता, बजेट ब्यवस्थापन, योजनाहरुको कार्यान्वयन बारे छलफल गरिएको थियो । राप्ती गाउँपालिकाका ९ वटै वडाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण उद्यम विकास तथा रोजगारी सिर्जना केन्द्रका नवराज दाहालले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *